विद्युत समस्या समाधानबारे कुलमानसँग मेयर विष्टको छलफल

सदरलाइन संवाददाता ३१ जेष्ठ २०७९, मंगलवार १६:२३
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगञ्जमा देखिएको विद्युत अनियमितताको समाधानका विषयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका छन् ।

नेपालगञ्जमा केही समययता विद्युत अनियमितता बढेपछि नगर प्रमुख विष्ट प्राधिकरणको कार्यालयमा पुगेर मंगलबार कार्यकारी निर्देशक घिसिङसँग छलफल गरि समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हुन् ।

छलफलमा नगर प्रमुख विष्टले नेपालको सबैभन्दा बढि गर्मी हुने शहर नेपालगञ्जमा विद्युत अनियमितता बढेपछि जनजीवन अस्तब्यस्त भएकोे भन्दै समस्याको दिर्घकालिन समाधानका लागि कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराए ।


सो अवसरमा कार्यकारी निर्देशक घिसिङले नेपालगञ्जमा बुटवल र महेन्द्रनगरबाट विद्युत आपूर्ती हुने भएको र त्यसको दुरी लामो भएका कारण विद्युत अनियमितता हुने गरेको भन्दै तार लगायतका अन्य समस्या समाधान गरि केही दिनमै समस्याको समाधान हुने आश्वासन दिएको नगर प्रमुख विष्टले जानकारी दिए ।

यसैगरी नगर प्रमुख विष्टले काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग पनि भेटघाट गरेका छन् । भेटमा नगर प्रमुख विष्टले शाहलाई नेपालगञ्ज आउन औपचारिक आमन्त्रण गरेका छन् । काठमाण्डौ र नेपालगञ्जका प्रमुखबीच विकास निर्माण लगायतका विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका तीन पालिकाले गर्मी विदा बढाए

३१ जेष्ठ २०७९, मंगलवार १६:२३
नेपालगञ्ज : गर्मी अत्यधिक बढेपछि बाँकेका तीन वटा पालिकाले विद्यालयमा दिएको गर्मी विदा लम्ब्याएका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले गर्मी विदा थप तीन लम्ब्याएका हुन् । गर्मी कायमै रहेकाले आजसम्म दिएको विदालाई असार ३ गतेसम्म लम्ब्याईएको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । यि तीन […]