नेपालगञ्ज : बाँकेमा कोरोना भाईरसका ५ सय २८ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको ल्याब गरिएको कुल ७ सय ८० जना मध्ये ४ सय ६१ र बागेश्वरी ल्याबमा १ सय ४७ जनाको परीक्षण गर्दा ६३ जना गरी बाँकेमा ५ सय २८ जनामा संक्रमणको पृष्टि भएको छ ।
बिहीवार थप भएकामध्ये बाँकेका १ सय ८८ जना रहेका छन् भने बाहिरी जिल्लाका ३ सय ४० जनामा संक्रमण पृष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् ।
बिहीवार थप भएका संक्रमितसहित बाँकेमा हालसम्म १६ हजार ४ सय ३४ जनामा संक्रमण पृष्टि भएको छ ।
त्यस्तै बिहीवार २ सय ३१ महिला र २ सय ४४ जना पुरुष गरी ४ सय ७५ जनाले कोरोनालाई जितेका छन् भने हालसम्म १३ हजार ६ सय ८६ जनाले कोरोना भाईरसलाई जितेका छन् ।
बाँकेमा कोरोना भाईरसबाट संक्रमित भएका २ हजार १ सय ४९ जनाले होम आईसोलेशनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ४ सय ५८ जना रहेका छन् ।
यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय २० जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । हालसम्म बाँकेमा ४ सय ७४ जनाको निधन भएको छ ।