लागुऔषधसहित जमुनाहा नाकाबाट ५ जना पक्राउ

सदरलाइन संवाददाता २९ जेष्ठ २०७९, आईतवार १६:१३
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकाबाट लागुऔंषधसहित ५ जना पक्राउ परेका छन । दाङ लमही नगरपालिका ५ बस्ने २१ वर्षका दिवस डांगी, १७ वर्षका राजिब राय केसी, लमही ६ बस्ने १७ वर्षका राजन सिंह ठकुरी, लमही नगरपालिका ५ दाङ बस्ने वर्ष २१ का सोनु श्रेष्ठ र २० वर्षका बिशाल कुवँर पक्राउ परेका हुन् ।

भारत नेपाल प्रवेश गर्नेक्रममा दिवस, राजिव र राजनको गतिविधि शंकास्पद देखिएपछि लागु औषध ब्यूरो र जमुनाहा प्रहरीको टोलीले जाँच गर्दा दिवसले बोकेको कालो झोलामा लुकाइछिपाई राखेको अवस्थामा १८ वटा पुरियामा रहेको १७ ग्राम खैरो हिरोइन फेला परेको हो ।


यस्तै सोनु श्रेष्ठ र बिशाल कुवंरलाई भने ७ ग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवा गाउँपालिकामा पनि पाँच दिन गर्मी विदा

२९ जेष्ठ २०७९, आईतवार १६:१३
नेपालगञ्ज : गर्मी अत्याधिक बढेपछि बाँकेको डुडुवा गाउँपालिकाले पाँच दिन गर्मी विदा दिएको छ । सोमवारदेखि असार ३ गतेसम्म पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरुबन्द रहने शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि बाँकेका पालिकाहरुले गर्मी विदा दिएका हुन् । यसअघि नेपालगञ्ज, कोहलपुर र खजुराले […]