बाँकेमा थप ५२ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ५ आश्विन २०७७, सोमबार १६:५१
 

नेपालगञ्ज : बाँकेमा सोमवार गरिएको परीक्षणमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा ४३, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८ र बागेश्वरी ल्यावमा १ गरी ५२ जनमा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा पछिल्लो २४ घण्टामा ९८ जनाको नमुना परीक्षण गरिएकोमा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।


एकजना भने डोल्पाका हुन् । आज संक्रमण पुष्टि भएका अधिकांश नेपालगञ्जका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १ हजार ६ सय ५१ पुगेको छ ।

Next Post

बाँकेबाट चौध जना डिस्चार्ज

५ आश्विन २०७७, सोमबार १६:५१
नेपालगञ्ज : बाँकेमा मंगलवार १४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । भेरी अस्पतालका एक स्टाफ नर्स, उच्च अदालतका एक कर्मचारीसहित ४ महिला र १० पुरुष गरी १४ जना डिस्चार्ज भएका हुन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनिहरुलाई भदौ २३ गते कोरोना संक्रमण देखिएपछि आइसोलेशनमा […]