स्यानिटाइजर पिउँदा कैलालीमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता १२ भाद्र २०७८, शनिबार १४:०८
 

धनगढी : धनगढी उपमहानगरपालिका–१२ डी गाउँका टीकाराम बराइलीको स्यानिटाइजर पिउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार बराइलीले भदौ ९ गते स्यानिटाइजर पिएका थिए । उनको उपचारको शुक्रबार मृत्यु भएको हो ।

‘शुक्रबार अचानक टाउको दुखेपछि उपचारका लागि आफन्तले स्थानीय कालिका जनसेवा क्लिनिक एण्ड डिलासैनी मेडिकल जुगेडामा लगेका थिए,’ उनले भने, ‘औषधि उपचार र स्लाइन चढाएपछि ठिक भएको भन्दै घर लगिएको थियो । घरमा पुगेपछि स्वास्थ्यमा समस्या आएपछि साँझ उपचारका लागि निसर्ग अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा मृत्यु भएको हो ।’


स्यानिटाइजर के कारणले सेवन गरे भन्नेबारे खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोहना नदीले बगाउँदा एकजना बेपत्ता

१२ भाद्र २०७८, शनिबार १४:०८
कैलाली : कैलालीमा मोहना नदीले बगाउँदा १ जना बेपत्ता भएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा न ३ स्थित मोहना नदीले बगाउँदा सोही ठाउँका बर्ष २८ का पुरन राना बेपत्ता भएको प्रहरीले जनाएको छ । शुक्रबार कञ्चनपुरबाट घर फर्कने क्रममा साँझ पौने ७ बजेतिर नदीले बगाएको थियो । नदी तर्ने […]