कारको ठक्करबाट बाँकेमा महिलाको मृत्यु

सदरलाइन संवाददाता २६ जेष्ठ २०७९, बिहीबार १३:४५
 

नेपालगञ्ज : कारको ठक्करबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ ।

करिब २८ बर्षको महिलालाई बुधवार राती २ बजे कोहलपुरबाट नेपालगञ्ज जाँदै गरेको गाडीले नमस्ते रेष्टुरेन्ट नजिकैे ठक्कर दिँदा महिलाको मृत्यु भएको हो । ठक्कर दिने बा ४ च १९७५ नम्बरको कारलाई बिहीवार कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।


महिलाको अझै सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि ऐन मल्लले बताए । चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषध मुद्दामा फरार कुर्मी पक्राउ

२६ जेष्ठ २०७९, बिहीबार १३:४५
नेपालगञ्ज : लागुऔषध मुद्दामा फरार एक जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१९ बस्ने ३५ वर्षीय गणेश प्रसाद कुर्मी पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार, लागुऔषध मुद्दामा बाँके जिल्ला अदालतबाट कुर्मीमाथि ७ महिना २३ दिन […]