लागुऔषध मुद्दामा फरार कुर्मी पक्राउ

सदरलाइन संवाददाता २६ जेष्ठ २०७९, बिहीबार १३:५२
 

नेपालगञ्ज : लागुऔषध मुद्दामा फरार एक जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१९ बस्ने ३५ वर्षीय गणेश प्रसाद कुर्मी पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।


प्रहरीका अनुसार, लागुऔषध मुद्दामा बाँके जिल्ला अदालतबाट कुर्मीमाथि ७ महिना २३ दिन कैद सजाय तोकिएकोमा उनी हालसम्म फरार रहेका थिए ।

कुर्मीलाई पक्राउ गरी बिहीबार जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहा नाकाबाट लागुऔषधसहित चार जना पक्राउ

२६ जेष्ठ २०७९, बिहीबार १३:५२
नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकाबाट बिहीवार लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जानकी गाउँपालिका २ कठोरपुरका २२ वर्षीय श्रवण सुनार, अछाम तुर्माखाद ८ धमालीका २२ वर्षीय नवीन विष्ट, भारत बहराइचका २१ वर्षीय बब्बु घोसी र २२ वर्षीय राहुल शाही रहेका छन् । सुनार र विष्ट […]