सदरलाइनडटकम,
नेपालगञ्ज : बाघको हड्डी र छालासहित बाँकेमा एक जना पक्राउ परेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नं. १ का ४६ वर्षीय नवराज घर्ती पाटे बाघको छाला र हड्डीसहित पक्राउ परेका हुन् ।
५ नं. प्रदेश ब्युरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा रहेको टोलीले उनलाई शनिवार दिउँसो कुसुमबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घर्तीको साथबाट पाटे बाघको छाला १ थान र ११ किलो हड्डी बरामद गरिएको प्रहरी निरीक्षक क्षेत्रीले बताए । उनीमाथि थप अनुसन्धान भईरहेको छ ।

