कोरोनामा अग्रपङ्तीमा खटेर कामगर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई रेडक्रसको स्वास्थ्य सामाग्री

सदरलाइन संवाददाता २४ जेष्ठ २०७८, सोमबार १९:४६
 


नेपालगञ्ज : कोरोना संक्रमणकोबिरुद्ध अग्रपङ्तीमा खटेर काम गर्ने स्वास्थ्यकर्मी, तथा सुरक्षाकर्मीलाई नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले विभिन्न स्वास्थ्य सामाग्री जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मार्फत हस्तान्त्रण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा आयोजित एक कार्यक्रममा रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झनाले बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक शिवलाल गेलाललाई हस्तान्त्रण गरेका छन् । उनले कोरोना संकटको महामारीमा अग्रपंङ्तीमा खट्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सुरक्षाको लागि ध्यानमा राखेर सानो सहयोग गरिएको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले कोरोनाको संक्रमण दर केही ओरालो लागेको अवस्था भए पनि जोखिम उत्तिकै रहेको अवस्थामा रेडक्रस बाँकेले अग्रपङ्तीमा खटेर काम गर्ने स्वास्थ्यकर्मी, तथा सुरक्षाकर्मीलाई लक्षित गरेर उपलब्ध गराएको स्वास्थ्य सामग्रीले कार्य क्षेत्रमा खटिदा उनीहरुको उच्च मनोबल बढ्ने विश्वास व्यक्त गर्दै सहकार्य निरन्तर राख्न आग्रह गरे ।


रेडक्रस बाँकेले अग्रपङ्तीमा खटेर काम गर्ने भेरी अस्पतालका स्वास्थ्यकर्मीलाई लक्षित गरी ७ हजार थान सर्जिकल मास्क, संक्रमितको शव व्यवस्थापनको आगि आवश्यक पर्ने व्याग १० थान र पिपिई ८० थान यसैगरी नेपाल प्रहरीलाई २ हजार ५ सय सर्जिकल मास्क, सशस्त्र प्रहरीका लागि १ हजार ५ सय र नेपाली सेनाको लागि १ हजार थान सर्जिकल मास्क उपलब्ध गराएको जिल्ला विपद सुचना व्यवस्थापन अधिकारी रुपन ज्ञवालीले जानकारी दिए ।

उपलब्ध भएका सामाग्री प्रमुख जिल्ला अधिकारी गेलालले भेरी अस्पतालका मेसु डा प्रकाशबहादुर थापा, बाँके प्रहरीका प्रहरी उपरिक्षक ओमबहादुर राना, सशस्त्र प्रहरीका सशस्त्र प्रहरी उपरिक्षक अशोक बम र नेपाली सेनाका बिक्रम चौधरीलाई हस्तान्त्रण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–१८ मा एकैदिन दुई सडक शिलान्यास

२४ जेष्ठ २०७८, सोमबार १९:४६
नेपालगञ्ज : कोरोना संक्रमणको कहरकै विचमा नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ मा एकैदिन २ वटा सडक यसै आर्थिक बर्षमा सम्पन्न गर्नेगरी शिलान्यास गरिएको छ । वडाध्यक्ष दीपककुमार वर्माले सोमबार दिउसो तेजनगरमा २३ लाखको लागतमा दुबैतर्फ पक्की नाली सहित निर्माण हुने कालोपत्रे सडकको शिलान्यास गरेलगत्तै वडाअध्यक्ष वर्माले विशालनगर चोकदेखि बानियागाउँ जोड्ने […]

सम्बन्धित