हुलास स्टिल इन्डस्ट्रिजमा आगलागी

२ चैत्र २०७५, शनिबार १७:०९
 
तस्बिर : इमेजखबर ।

सदरलाइनडटकम,
बारा : बाराको सिमरास्थित हुलास स्टिल इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ । शनिवार मध्यान्ह हुलास स्टिलको कुलिङ टावरमा लागेको आगलागीबाट ४० लाख भन्दा बढीकोे क्षति पुगेको प्रारम्भिक अनुमान छ ।
आगो सल्किरहेको अवस्थामा कर्मचारी त्यहाँ पुगेको बताइएको छ । नेपाल आयल निगम अमलेखगञ्ज र जीतपुर–सिमरा उपमहानगरपालिकाको बारुणयन्त्रको सहायतामा करिब ४० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

Next Post

१८ सदस्यीय यु–१९ क्रिकेट टोली घोषणा

२ चैत्र २०७५, शनिबार १७:०९
सदरलाइनडटकम, काठमाण्डौ : रोहितकुमार पौडेलको कप्तानीमा अन्तर्राष्ट्रीय क्रिकेट परिषद (आइसीसी) ‘यु–१९ क्रिकेट वल्र्डकप क्वालिफायर एशिया’का लागि नेपाली टोली शनिवार घोषणा गरिएको छ । यसअघि, यु–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान चयन गर्दै १८ सदस्यीय टोलीको घोषणा गरिएको प्रशिक्षक विनोद दासले जानकारी दिए । १८ सदस्यीय नेपाली टोलीमा कप्तान […]

सम्बन्धित