बाँके ३ क बाट एमाले खत्री विजयी

सदरलाइन संवाददाता ७ मंसिर २०७९, बुधबार १२:३८
 

खजुरा (बाँके) :  बाँके निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा ३ (क) बाट नेकपा एमालेका रत्न खत्री निर्वाचित भएका छन् । उनले स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई १ हजार ६ सय ९४ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।


खत्रीले १३ हजार १ सय ५८ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सुनारले ११ हजार ४ सय ६४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी नागरिक उन्मुक्ती पार्टीका चन्तराम थारुले ९ हजार ५ सय ४७ र नेकपा माओवादी केन्द्रका ईन्द्रप्रसाद खरेल (आईपी) ले १ हजार ९ सय ९५ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके १ (क) मा कृष्णा केसी (नमूना) हजार मतले अगाडी

७ मंसिर २०७९, बुधबार १२:३८
नेपालगञ्ज : बाँके क्षेत्र नं. १ (क) मा प्रदेश सभा सदस्य पदका नेकपा माओवादी केन्द्रका कृष्णा केसी (नमूना) १ हजार १ सय २२ मतले अगाडी रहेकी छिन् । राप्रापाका नरेन्द्र कुमार पौडेलले उनलाई पछ्याइरहेका छन् । पछिल्लो मत परिणाम अनुुसार नमूनाले २ हजार ६ सय ६८ मत पाएर अग्रस्थानमा छन् […]