क्याम्पसले विद्यार्थीको गुनासो नसुनेपछि प्रशासनमा तालाबन्दी

सदरलाइन संवाददाता १२ जेष्ठ २०७९, बिहीबार १७:३७
 

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको सुर्खेत बहुमुखी क्याम्पसले विद्यार्थीहरुको गुनासो नसुनेपछि विद्यार्थीले प्रशासनमा तालाबन्दी गरेका छन् । बिहीबार संयुक्त विद्यार्थीहरुको समूहले सुर्खेत बहुमुखी क्याक्पसको प्रशासन भवनमा तालाबन्दी गरेको हो ।

क्याम्पसले विद्यार्थीहरुको शुल्क वृद्धि गरेपछि विद्यार्थीहरुले असन्तुष्टि जनाउँदै आएका थिए । विद्यार्थीहरुको गुनासो क्याक्पस प्रशासनले नसुनेको भन्दै विद्याथीहरुले प्रशासनमा तालाबन्दी गरेका हुन् ।

क्याम्पसले यहीँ जेठ ५ गतेदेखि लागु हुने गरी चर्को शुल्क बढाएपछि विभिन्न विद्यार्थी संगठनले २४ घण्टा अल्टिमेटम दिएका थियो । मंगलबार विद्यार्थीले दिएको २४ घण्टे अल्टिमेटमको सुनुवाई नभएपछि विद्यार्थीहरुले बुधबार क्याम्पसको लेखा शाखाका तालाबन्दी गरेका थिए भने बिहीवार प्रशासनमा तालाबन्दी गरेका छन् ।


मंगलबार चार वटा विद्यार्थी संगठन अनेरास्ववियु, नेवि संघ, अखिल क्रान्तिकारी र नेपाल क्रान्तिकारी विद्यार्थी संघले संयुक्त रुपमा क्याम्पसलाई त्रिभूवन विश्व विद्यालयको विपरित ५० प्रतिशत शुल्क एकैचोटी बढाएर निजी शैक्षिक संस्थाको जस्तो अनियन्त्रित रुपमा निर्णय गरेको भन्दै २४ घण्टे अल्टिमेटम दिएका थिए । हाल प्रशासन र विद्यार्थीहरुबीच यसै विषयमा छलफल चलिरहेको छ ।

यस्तै, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरेपछि क्याम्पसका सबै कामकाजहरु ठप्प भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ गीत सार्वजनिक

१२ जेष्ठ २०७९, बिहीबार १७:३७
नेपालगञ्ज : लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ बोलको गीत सार्वजनिक भएको छ । उनले  आफ्नै युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन् । गीतको भिडियोमा पनि गायक सिवाकोटी आफैले अभिनय गरेका छन् । हरि उप्रेतीको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ । जर्मनमा बसोबास गर्दे आएका गायक […]