नेपालगञ्ज नाकाबाट चारसय बढीको उद्धार

सदरलाइन संवाददाता १६ पुष २०७८, शुक्रबार १७:१८
 

नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट एक बर्षको अवधिमा ४ सय बढीको उद्धार गरिएको छ । सन् २०२१ मा जोखिमपूर्ण यात्रामा रही सिमानाबाट उद्धार गरिएको संख्या ४ सय ३४ रहेको माइती नेपाल नेपालगञ्जले जनाएको छ ।

नेपालगञ्जमा बिहीवार पत्रकारहरुसंग गरिएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका प्रमुख केशब कोइरालाले पछिल्लो समय सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको बताए । उनका अनुसार गएको एक बर्षमा ४३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ ।


उनीहरुलाई मानव बेचविखन र सुरक्षित बसाईसराईबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धार गरिएको र पुनर्मिलन गराइएको यो दुबै संख्या अघिल्लो बर्ष भन्दा बढी नै हो ।

यस्तै श्रम र यौन शोषणमा परी उद्दार गरिएको संख्या ११ छ । यो एक बर्षमा खोजतलासका लागि ५२५ निवेदन परेकोमा २०३ जना मात्र फेला परेका छन् । कोइरालाले सामाजिक सञ्जालको अधिक प्रयोग गरी सम्पर्क स्थापित गर्ने क्रम उच्च रहेकाले जोखिम बढेको बताए ।

राज्यसंग खोजतलास र उद्दारको संयन्त्र नहुँदा खोजतलासको कार्य प्रभावकारी हुन नसकेको कोइरालाले बताए । बेचविखनको बदलिँदा स्वरुपहरुमध्ये पछिल्लो समय गर्भाशय बेचविखनका घटनाहरु पनि देखिन थालेको कोइरालाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गौडेल समूहको नेपालगञ्जमा सम्पर्क कार्यालय उद्घाटन

१६ पुष २०७८, शुक्रबार १७:१८
नेपालगञ्ज :  नेपाली कांग्रेस बाँकेको आगामी पुस २७ गते हुने जिल्ला अधिवेशनको लागि जिल्ला सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सम्पर्क कार्यालय खोलेको छ । नेपालगञ्ज मेडिकल कलेज अगाडि खोलिएको सम्पर्क कार्यालयको शुक्रबम। एक कार्यक्रमका बीच पार्टी सभापति किरण कोइरालाले उद्घाटन गरिन् । पुष २७ गते हुने जिल्ला अधिवेशनका लागि राष्ट्रिय […]