सदरलाइनडटकम,
डुडुवा (बाँके) : स्वास्थ्य कार्यालय बाँकेले स्थानीय तहका पादधिकारीहरुको लागि दुई दिने स्वास्थ्य सम्बन्धित क्षमता अभिबृद्धि तथा अभिमुखिकरण कार्यक्रम डुडुवा गाउपालिकामा सम्पन्न भएको छ ।
गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत विष्णुप्रसाद धितालको अध्यक्षतामा सम्पन्न सो अभिमुखकरण गाउपालिकाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
दुई दिनसम्म सञ्चालन भएको अभिमुखिकरणमा स्थानीय तहको स्वस्थ्य संस्था प्रति जनप्रतिनिधिलाई उत्तदायि बनाउने, स्वास्थ्य सेवा सम्बन्धित जिम्मेवारी तथा अधिकार अध्यावधिक गराउने, स्थानीय तहमा विद्यमान स्वास्थ्य संरचनाहरु र संघको अवस्थाबारे परिचित गराउने रहेका छन् ।
यसैगरी गुण्स्तरिय आधारभुत स्वास्थ्य सेवाको महत्व, उपयोग, स्थिति र पहँच अभिबृद्धिका बारेमा जानकारी दिने, तथ्यमा आधारित सहभागिता मुलक स्वास्थ्य योजना तर्जुमा र कार्यान्वयनको बारेमा स्पष्ट पारी पालिकाको वडा तहदेखि नै मस्यौदा स्वास्थ्य येजना तयार गर्ने प्रकृयाबारे छलफल गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
सो अभिमुखिकरणलाई स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख प्रेम केसी, जनस्वास्थ्य अधिकृत चन्द र युएसएआईडि स्वास्थ्यको लागि सक्षम प्रणालीका अवन्तिका प्रियदर्शनीलगायतले सहजिकरण गरेका थिए ।