भारतको जम्मूकश्मीर र लद्दाख बने केन्द्रशासित प्रदेश

१४ कार्तिक २०७६, बिहीबार १३:५५
 

सदरलाइनडटकम,
काठमाण्डौ : गत ५ अगष्टमा धारा ३७० हटाइएको झण्डै तीन महिनापछि बिहीवार जम्मू कश्मीर र लद्दाख दुईटा केन्द्रशासित प्रदेश बनेका छन् । बुधवार रातिबाट जम्मू कश्मीर राज्य दुई केन्द्रशासित प्रदेशमा विभाजित भईसकेका छन् ।
दुई केन्द्रशासित प्रदेशको अस्तित्वमा आउनका लागि ३१ अक्टोबरसम्मको तारिख तय गरिएको थियो, जुन स्वतन्त्र भारत पहिलेका गृह मन्त्री सरदार वल्लभभाई पटेलको जयन्ती पनि हो । यही दिन राष्ट्रिय एकता दिवसको रुपमा पनि मनाइन्छ । योसँगै भारतमा अब राज्यको संख्या घटेर २८ र केन्द्रशासित प्रदेशको संख्या बढेर ९ भएको छ ।
५ अगष्टमा जम्मू कश्मीरबाट धारा ३७० र ३५ए हटाइएपछि बिहीवार अर्थात ३१ अक्टोबरदेखि जम्मू कश्मीरको कैयौँ चीज इतिहास बन्नेछन् । धारा ३७० र ३५ए ले भारतको ३० राज्यमध्ये जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिन्थ्यो । यो धारा हटेपछि जम्मू कश्मीर राज्यको विशेष दर्जा पनि खत्तम भएको छ । साथै राज्यको जम्मू कश्मीर र लद्दाख दुई भागमा विभाजनसँगै दुवैलाई केन्द्रशासित प्रदेश बनाइएको थियो, जुन बिहीवारदेखि लागू भएको छ ।
झण्डै ६५ वर्षसम्म जम्मू कश्मीर भारत अन्तर्गत नै एक स्वायत्त राज्य थियो । यसका कारण उसको अलग प्रशासन थियो र अलग वित्तीय, कानुनी प्रणाली थियो, जसले राज्य बाहिरका अन्य मानिसलाई त्यहाँको जमिन र सम्पत्ति किन्ने अधिकार थिएन । साथै सबै सरकारी प्रतिष्ठान र गाडीमा राज्यको एक रातो झण्डा (तीनओटा सेतो धर्का र हलोको निशान) भारतीय तिरंगा (तीन ओटा रंग) सँगै रहन्थ्यो । (एजेन्सी)

Next Post

पाकिस्तानी रेलमा आगलागी हुँदा ६५ जनाको मृत्यु

१४ कार्तिक २०७६, बिहीबार १३:५५
सदरलाइनडटकम, काठमाण्डौ : पाकिस्तान रेलवेको तेज गाम एक्सप्रेसमा आगलागी हुँदा ६५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तेज गाम एक्सप्रेस कराचीबाट रावलपिण्डीको बीचमा चल्छ । रावलपिण्डी जाँदै गर्दा लियाकत पुरमा रेलको तीन वटा डिब्बामा आगो लागेको हो । रहीम यार आनका उपकमिश्नर जमील अमहमदले घटनामा ६५ जनाको मृत्यु […]

सम्बन्धित