मदन–आश्रित स्मृति दिवस मनाईंदै

सदरलाइन संवाददाता ३ जेष्ठ २०७९, मंगलवार १५:१५
 

नेपालगञ्ज : नेकपा एमालेले मंगलवार २९ औँ मदन आश्रित स्मृति दिवस मनाउँदै छ । आजकै दिन २०५० साल जेठ ३ गते तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख कुसल सङ्गठक जीवराज आश्रितको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा नेकपा एमालेले यो दिवस हरेक वर्ष विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।


विगत वर्षझैँ यो वर्ष पनि एमाले पार्टी कार्यालय मदन नगर बल्खुमा जननेता भण्डारी र कुशल संगठक आश्रितको २९औँ स्मृति दिवसमा बिहान औपचारिक कार्यक्रमको आयोजना गरेको थियो ।

जननेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई एमालेले अहिले पनि पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेशम चौधरीको पार्टीबाट प्रथम महिला वडाध्यक्ष बनिन् रेणुकुमारी

३ जेष्ठ २०७९, मंगलवार १५:१५
नेपालगञ्ज : स्थानीय तहको निर्वाचनमा कैलालीमा पहिलो महिला वडाध्यक्ष निर्वाचित भएकी छन् । नागरिक उन्मुक्ति पार्टीबाट जोशीपुर गाउँपालिका–३ को वडाध्यक्षमा रेणुकुमारी चौधरी आफ्नो प्यानलसहित निर्वाचित भएकी हुन् । उनी कैलालीमा वडाध्यक्षमा निर्वाचित हुने प्रथम महिला बनेकी छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार किशोरकुमार कठरियालाई २२ मतले पराजित गर्दै ६१५ मत […]