योजना र बजेटबारे डुडुवामा सर्वदलीय छलफल

८ असार २०७६, आईतवार १८:४७
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाले आईतवार आज पहिलो पटक सर्वदलिय बैठक गरेको छ । नयाँ आर्थिक वर्ष २०७६÷०७७ का लागि ल्याइने योजना र बजेट बारे छलफल तथा सुझावका लागि बैठकको आयोजना गरिएको हो ।
बेठकमा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाले सञ्चालन गरेको विभिन्न अभियान, कार्यक्रम तथा उपलब्धी र समस्याका बारेमा जानकारी गराए । त्यसक्रममा दलका प्रतिनिधीहरुले गाउँपालिका कृषि क्षेत्रमा राम्रो सम्भावना रहेकाले कृषिमा आधुनिकीकरण, विद्यालय, मदरसा र बालविकास केन्द्रमा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा अभियानको प्रभावकारिता, विपद् व्यवस्थापन तथा जोखिम न्युनीकरण, प्राकृतिक स्रोतको परिचालन तथा व्यवस्थापन र पुर्वाधार विकास निमार्ण लगायतका विषयमा सुझाव दिएका थिए ।
बैठकमा उठेका सवाल तथा सुझावका आधारमा नयाँ योजना निमार्णमा सहयोग पुगेको भन्दै यस वर्ष ल्याउन लागिएको बजेटले सबै क्षेत्रलाई समेटने अध्यक्ष चौधरीले विश्वास दिलाए । बैठकमा नेकपाका गाउँपालिकास्तरीय इकाई समिति सचिव भोला यादव, नेपाली कांग्रेस बाँके जिल्ला सदस्य सुधाँशु कोईराला, राप्रपाका दिपेन्द्रबहादुर सिंह, पालिकास्तरीय जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
गाउँपालिकाले पहिलो पटक यसरी विभिन्न क्षेत्रसंग शुरु गरेको छलफलले सरह्रनीय कार्य भएको र योजना छनौटको कार्यमा समेत मदत पुर्याएको सरोकारवालाले बताएका छन् । मंगलवार ल्याउन लागिएको बजेटका लागि अहिले सरोकारवाला निकाय तथा विभिन्न विषयगत समितिहरुमा योजनाका बारेमा छलफलले तिब्रता पाएको छ ।

Next Post

बाँकेको जानकी गाउँपालिकाको पाँचौ गाउँसभा सुरु

८ असार २०७६, आईतवार १८:४७
सदरलाइनडटकम, जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले २०७६÷०७७को नीति तथा कार्यक्रम आइतबार गाउँसभामा पेश गरिएको छ । गाउँपालिका अध्यक्ष रामनिवास यादवले गाउँपालिकाकोे पाँचौ गाउँ सभा समक्ष आर्थिक बर्ष नीति तथा कार्यक्रमे प्रस्तुत गरेका हुन । जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम र गाउँ सभा ८ गते देखि १४ गतेसम्म संचालन हुने […]

ताजा अपडेट