लागुऔषधसहित एक नेपाली महिला रुपईडिहामा पक्राउ

सदरलाइन संवाददाता २७ मंसिर २०७९, मंगलवार १३:३३
 

नेपालगञ्ज : लागुऔषधसहित एक नेपाली महिला सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ की सुस्मिता शाही १ किलो ४७५ ग्राम चरेशसहित पक्राउ परेकी हुन् ।

रुपईडिहाका थाना प्रभारी निरीक्षक अपराध शाखाका ब्रम्ह गौड, नगर ईञ्चार्ज बरिष्ठ उपनिरीक्षक रुदल बहादुर सिँह र एसएसबीको संयुक्त टोलीले शाहीलाई सोमवार राती १ बजे पक्राउ गरिएको रुपईडिहा प्रहरीले जनाएको छ ।


अन्तर्राष्ट्रिय बजारमा करीब ७० लाख मूल्य पर्ने उक्त चरेशसहित पक्राउ परेकी शाहीलाई आवश्यक कारबाहीका लागि जिल्ला कारागार बहराईच चलान गरिएको रुपईडिहाबाट पत्रकार सन्तोष शुक्लाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–१२ कि भाट बनिन एक दिने महाशाखा प्रमुख

२७ मंसिर २०७९, मंगलवार १३:३३
नेपालगञ्ज :  ‘अब हाम्रो पालो हाम्रो अधिकार हाम्रो भविष्य’ भन्ने मुल नाराका ‘गल्स टेकओभर’ कार्यक्रम अन्तरगत नेपालगञ्ज–१२ कि किशोरी सोनी भाट नेपालगञ्ज उपमहानगरको सामाजिक विकास महाशाखा प्रमुख भएकी छन् । उनले सो महाशाखा प्रमुख शोभा शाहको स्थानमा ‘गल्स टेकओभर’ कार्यक्रम अन्तरगत एक दिनको लागि महाशाखा प्रमुख बनेकी हुन । किशोरी […]