नेपालगञ्जमा गठबन्धनका विष्टको अग्रता कायमै मिश्रा निकटतम

सदरलाइन संवाददाता १ जेष्ठ २०७९, आईतवार १३:५१
 

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा जसपा–कांग्रेस गठबन्धनका प्रशान्त विष्टले अग्रता लिने क्रम कायमै रहेको बेलामा एमालेका पशुपति दयाल मिश्राले राप्रपाका नन्दलाल बैश्यलाई पछाडि पार्दै दोस्रो स्थानमा पुगेका छन ।

पछिल्लो मत गणनाको प्राप्त परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार विष्टले २ हजार ८ सय १२ मत प्राप्त गरी अग्रता लिएका हुन् । यस्तै नेकपा एमालेका पशुपतिदयाल मिश्रले १ हजार ४ सय ११ र राप्रपाका नन्दलाल बैश्यले १ हजार ३ सय ४ मत प्राप्त गरेका छन् । पहिलो नम्बरमा रहेका विष्ट र दोस्रो नम्बरका मिश्रबीच १ हजार ४ सय १ मतको अन्तर रहेको छ ।


यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले १ हजार ८ सय ८३ मत ल्याएर अग्रता लिइरहेका छन् । उनी पनि गठबन्धनका उम्मेदवार हुन । राप्रपाकी बिन्दु चर्तीमगरले १ हजार १ सय ३० र नेकपा एमालेकी शान्ति ढकालले ८ सय ९७ मत प्राप्त गरेकी छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म वडा नम्बर २२ र २३ को मतगणना पुरै सकिएको छ । स्थानीय भेरी प्राविधिक शिक्षालयमा वडा नम्बर १, २, २० र २१ को मतगणना कार्य चलिरहेको छ । नेपालगञ्जमा ८१,७९४ मतदाता मध्ये ६१,२०५ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको ८१ वडा मध्ये १३ को नतिजा घोषणा, एमाले पहिलो काँग्रेस दोस्रो

१ जेष्ठ २०७९, आईतवार १३:५१
नेपालगञ्ज :  बाँकेका ८१ वडा मध्ये १३ वडाको निर्वाचन परिणाम घोषणा भएको छ । हालसम्म घोषित परिणाम मध्ये राप्तीसोनारीका १, २, ३ वडा मध्ये ३ वटै एमाले, कोहलपुरमा १ नं. वडा माओवादी केन्द्र र १५ वडा काँग्रेसले विजय हसिल गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा एमाले २ […]