म्याराथन सँगै ‘नेपालगञ्ज कन्क्लेभ’ आयोजना गरिने

सदरलाइन संवाददाता १ मंसिर २०८०, शुक्रबार १४:३७
 

नेपालगञ्ज : पश्चिम नेपालको खेल–पर्यटनको प्रर्वधन गरिरहेको नेपालगञ्ज म्याराथनले यस वर्षदेखि म्याराथन सँगै ‘नेपालगञ्ज कन्क्लेभ’ आयोजना गर्ने भएको छ । यो पटक पश्चिमको आर्थिक मुद्दामा बहस हुँदैछ ।

उक्त बहसमा केएल दुगड गु्रपका सिइओ प्रदीप छाजेड, नेपाल पर्यटन बोर्डका पूर्व सिइओ एवं नेपाल उद्योग परिसंघका कार्यकारी निर्देशक दीपकराज जोशी, धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल, भायोनेटका सिइओ सेवा पाठक सहभागी हुनुका साथै मोडरेटरका रुपमा मेरो प्लानेटका प्रबन्ध निर्देशक डा. ओमप्रकाश मिश्र रहने छन् ।


म्याराथनको बौद्धिक वार्मअपका रुपमा आयोजना हुने कन्क्लेभमा खेलकुद मात्र नभई समाज, अर्थ–राजनीति, साहित्य र सम्भावनाको विचार विमर्श हुने आयोजकले निकालेको प्रेस विज्ञप्तिमा जनाइएको छ । ८ मंसिर २०८० मा कन्क्लेभ आयोजना हुनेछ भने ९ मंसिरमा म्याराथनको नवौं संस्करण हुनेछ ।

कन्क्लेभ २०२३ मा उद्यमशीलता, खेलकुद्, महिला सशक्तिकरण, साहित्य, युवा रोजगारलगायत विविध विषयका ६ वटा सत्र हुने म्याराथनका संसणथापक टिएस ठकुरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा चुनौती बन्दै छाडा चौपाया व्यवस्थापन

१ मंसिर २०८०, शुक्रबार १४:३७
नेपालगञ्ज : बाँकेमा छाडा पशु चौपाया व्यवस्थापन हुन सकेको छैन । नेपालगञ्ज उपमहानगरले नगरभित्र र बाहिरका स्थानीयले आफ्ना गाईगोरू, घोडा गधा सडकमा निरन्तर छोड्दा चुनौती बढेको छ । सीमा नाकाबाट भित्रिएका छाडा चौपायाका कारण यो समस्या विकराल बन्दै गएको जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पटकपटक छाडा चौपाया […]