सदरलाइनडटकम
२९ जेठ, नेपालगन्ज : बिद्युत आपुर्तीमा समस्या भएका कारण नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा मंगलबार स्वास्थ्यसेवा प्रभावित भएको छ । यसक्षेत्रकै ठुलो नीजि अस्पतालमा स्वास्थ्य सेवा प्रभावित भएपछि बिरामी मर्कामा परेका छन् । बिहान सातबजेदेखि ठप्प रहेको अस्पताल दिउँसो तीन बजेपछि मात्र खुल्ने जनाइएको छ । बिद्युतको समस्याले ओपिडीदेखि अप्रेशनकक्ष सम्म बन्द छन् । इमरजेन्सी बिरामीलाई अन्यत्र लगिएको छ भने भर्ना भएका बिरामीहरु हाते पंखाको भरमा छन् ।
अस्पताल प्रशासन प्रमुख कुमार अधिकारीले दिर्घकालिनरुपमा बिद्युतको समस्या समाधान गर्नका लागि नयाँ जेनेरेटरलाई स्वचालित प्यानलमा जोड्न लागिएकाले बिद्युतमा समस्या भएको बताए । तीन बजेपछि भने समस्याको समाधान हुने उनले जानकारी दिएका छन् ।
