बिहीवार रातिदेखि सवारी सधान सञ्चालन गर्न नपाइने

सदरलाइन संवाददाता २९ बैशाख २०७९, बिहीबार १७:११
 

नेपालगञ्ज : शुक्रबार हुने मतदानका लागि बिहीवार रातिदेखि सवारी सधान बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार बिहीवार राति १२ बजेदेखि शुक्रबार साँझ ६ बजेसम्म सवारी सधान सञ्चालन गर्न पाइने छैन ।

तर जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारी सधान, एम्बुलेन्स, खानेपानी, दमकल, दुध बोक्ने ट्यांकर, फोहोरमैला उठाउने वाहन, शववहान लगायत अति आबश्यक सवारी सधान भने सञ्चालन हुन पाउने छन् ।

बिहीवार देशका ७५३ स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान हुँदैछ । जसका लागि मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published.

Next Post

काेहलपुरमा एमाले निकट युवामाथी खुकुरी प्रहार

२९ बैशाख २०७९, बिहीबार १७:११
काेहलपुर (बाँके ) : बाँकेकाे काेहलपुरमा एमाले निकट युवामाथी माओवादी कार्यकर्ताले खुकुरी प्रहार गरेका छन्  । काेहलपुर १ काैशिलानगरमा माओवादी निकट युवाहरुले एमाले निकट शुदिप थापामाथी खुकुरी प्रहार गरि घाइते बनाईका छन ।  उनकाे टाउकाेमा चाेट लागेकाे छ । माेटरसाइकलमा आएका माओवादी निकट युवाले थापाकाे घरमै पसेर माओवादी उम्मेदवारलाई किन […]

सम्बन्धित