३२ लाख बराबरको अवैध सामान बरामद

सदरलाइन संवाददाता २९ मंसिर २०८०, शुक्रबार १३:०१
 

नेपालगञ्ज : बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख रुपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले उक्त सामान बरामद गरेको हो । गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका–६ सिमलघारीमा जाँच गर्ने क्रममा भे१च २३५७ नंको ट्रकमा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानमा १४ लाख ७० हजार रुपैयाँ बराबरको लत्ताकपडा, एक लाख ४० हजार रुपैयाँको पित्तलका मूर्ति, भाँडावर्तन, सजावटका सामग्री छन् ।


सशस्त्र प्रहरीले ट्रक चालकसहित दुईजनालाई पक्राउ गरेको भारतीले जानकारी दिए । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ का ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन् ।

दुवैजनालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा अपाङ्गता भएकालाई निःशुल्क स्वास्थ्य सेवा

२९ मंसिर २०८०, शुक्रबार १३:०१
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाभित्रका ९८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । गाउँपालिकाको ९ नं. वडाको महादेवपुरी स्वास्थ्य चौकी, ढकेरीमा बिहीबार सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगसम्बन्धी ९८ जना अपाङ्गता भएका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । […]