सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुकुम्बासी आयोगले बाँडेको ६ बिगाहा जग्गा कब्जा गरेको छ ।
थारुवान स्वायत्त प्रदेश जनपरिषद् नेपालले जग्गा रहेको ठाउँमा ’भूमाफियाहरु होसियार’ लेखेको ब्यानर राखेर जग्गा कब्जा गरेको बताएको हो । सुकुम्बासी आयोगले केही वर्ष अघि वितरण गरेको कोहलपुर नगरपालिका वडा नं. ४ किरणनाला छेउँको ६ बिगाहा जमिन जनसत्ताले कब्जा गरेको हो ।
त्यति बेला आयोगका अध्यक्ष सन्तोष बस्नेत थिए । जनपरिषद्ले केन्द्रीय नीतिअनुसार उक्त जग्गामा झण्डा र ब्यानर राखेर जग्गा कब्जामा लिएको बताएको छ ।
