सगरमाथा ब्राण्डको सिमेन्ट गुणस्तरहीन, बर्दियामा बिक्री रोक

१८ श्रावण २०७५, शुक्रबार १४:०४
 

सदरलाइनडटकम 
बर्दिया : जिल्ला प्रशासन कार्यालय बर्दियाले सगरमाथा ब्राण्डको सिमेन्ट बिक्री वितरण रोक्न निर्देशन दिएको छ । दाङको घोराहीस्थित सगरमाथा ब्राण्डको सिमेन्ट गुणस्तरहीन भएको भन्दै बर्दिया प्रशासनले बिक्री वितरण रोक्न निर्देशन दिएको हो ।
सो ब्राण्डको उत्पादन गुणस्तरहीन भएको गुणस्तर तथा नापतौल विभागले प्रमाणित गरेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सिमेन्ट बिक्री वितरण बन्द गर्न निर्देशन दिएको हो । कार्यालयले सार्वजनिक सूचना जारी गरी उद्योगलाई बिक्री वितरण बन्द गर्न पत्राचार गरेको छ ।
उद्योगमाथि थप कारबाही गर्ने प्रशासनले जानकारी दिँदै उक्त ब्राण्डको सिमेन्टको प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ । उद्योगलाई कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही गर्न प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
गुलरियामा अनुगमन गर्दा गुणस्तरहीन भएको आशंकामा जिल्ला प्रशासन कार्यालयले बर्दियाले परीक्षणका लागि गुणस्तर तथा नापतौल विभागमा अनुरोध गरेको थियो ।

Next Post

दाङमा दश बर्षिया बालिका बलात्कृत एक पक्राउ

१८ श्रावण २०७५, शुक्रबार १४:०४
सदरलाइनडटकम दाङ  : दाङमा दश बर्षीया अपाङ्ग बालिका बलात्कृत भएकी छन् । घोराही उपमहानगरपालिका वडा नं. १८ रझेनाकी एकजना अपाङ्ग बालिकामाथि बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १२ बस्ने ३५ बर्षीय तेजबहादुर बस्नेतलाई बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरीक्षक […]