यी हुन नर्सिङ्ग स्टाफ आन्दोलित हुनुका कारणहरु

३ माघ २०७४, बुधबार १६:०२
 

सदरलाइनडटकम    
३ माघ, नेपालगन्ज : यतिबेला नेपालका सबै अस्पतालहरुमा कार्यरत नर्सिङ्ग स्टाफहरु आन्दोलनमा छन् । नर्सिङ्ग स्टाफहरुको आन्दोलनको कारण अस्पतालमा उपचारको लागि आउने बिरामीहरु मर्कामा परेका छन् ।
नेपाल नर्सिङ्ग संघको आव्हानमा राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशनमा परेका नर्सिङ्ग स्टाफहरुलाई विनाशर्त पुनःबाहली गर्नुपर्ने मागसहित गत पुस २६ गतेदेखि आन्दोलनमा रहेको भएपनि सरकारले उनीहरुको मागको सुनुवाई नगरेपछि थप आन्दोलन चर्काउने भएका छन् ।
यसअघि ईमरेन्सी, आईसियु,, एनआईसियु, प्रसुतीसेवा र डायोलेसिस जस्ता क्रिटिकल बाहेक अन्य वार्ड, अपरेशन थियटर समेत दैनिक ३ घण्टा ठप्प पार्दै आन्दोलनमा उत्रीएका नर्सिङ्ग स्टाफहरुको मागको कुनै सुनुवाई नभएको भन्दै बिहीबारबाट एक सिफ्नै डियूटी अवज्ञा गर्ने आन्दोलनको तयारीमा रहेका छन् ।


Next Post

महोत्सवमा सुरक्षाको लागि सिसि टिभीबाट निगरानी गरिदै

३ माघ २०७४, बुधबार १६:०२
सदरलाइनडटकम  ३ माघ, नेपालगन्ज  : नेपालगन्जमा सञ्चालन हुने प्रादेशिक महोत्सवको सुरक्षाका सिसिटिभिबाट निगरानी गरिने भएको छ । महोत्सव आयोजक मूल समारोह समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीसहित बिभिन्न सुरक्षा निकायका प्रमुखहरुसंग सो विषयमा छलफल गरेको जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी केसीले महोत्सवका क्रममा आवश्यक पर्ने सम्पुर्ण सुरक्षा […]