एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सदरलाइन संवाददाता १० माघ २०७९, मंगलवार १२:३७
 

दाङ : घोराहीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं.१० का ४५ बर्षीय पूर्ण मगरको उपचारका क्रममा भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।

घाइते मगरलाई उपचारका लागि सुरुमा घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको थियो । त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि राति नै भैरहवा मेडिकल कलेज भैरहवा पठाइएको थियो ।


मगरको उपचारका क्रममा सोमबार राती दुई बजे मृत्यु भएको प्रहरी प्रबक्ता गौतमले जानकारी दिए ।

रोल्पाबाट घोराही तर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरित दिशातर्फ जाँदै गरेको रा ६ प ८९८५ नम्बरको मोटरसाइकललाई घोराहीको दामोदर चोकमा आइतबार राति ९ बजेतिर ठक्कर दिएको थियो ।

एम्बुलेन्स चालक रोल्पाको त्रिबेणी गाउँपालिका २ का २८ बर्षीय निर्मल बुढा प्रहरी नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेबाट शुरु भएको दादुरा महामारी कैलालीसम्म पुग्यो

१० माघ २०७९, मंगलवार १२:३७
धनगढी : कैलालीमा तीन स्थानीय तहमा दादुराका बिरामी फेला परेका छन् । जिल्लाको धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमित बिरामी फेला परेका हुन् । समुदायमा दादुराका नयाँ संक्रमित देखा परेपछि दादुरा अन्यत्र पनि फैलने सक्ने खतारा बढेको छ । जिल्लाको तीन ठाउँमा देखिएको संक्रमण अन्यत्र नफैलियोस् भनेर प्रभावित क्षेत्रमा सघन […]