श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

सदरलाइन संवाददाता २६ बैशाख २०७९, सोमबार १६:५६
 

काठमाडौं : गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शन जारी रहँदा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका छन् ।


श्रीलंकाली अखबार डेलीमिररले आफ्नो अनलाइन संस्करणमा राजापाक्षेले राजीनामा दिएको उल्लेख गरेको छ । सरकारविरोधी प्रदर्शनलाई मत्थर बनाउन टापू मुलुक श्रीलंकामा लगाइएको देशव्यापी कफ्र्यु घोषणाका बीच राजापाक्षेको राजीनामा आएको हो ।

जारी राजनीतिक संकट समाधानका लागि राजापाक्षेले आइतबार भाइ समेत रहेका राष्ट्रपति गोटाबाये राजापाक्षेलाई भेटेर आफूले पदबाट राजीनामा दिन लागेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा मंगलबार रातीदेखि मदिरा निषेध

२६ बैशाख २०७९, सोमबार १६:५६
बर्दिया : स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बर्दियामा मदिरा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार, निर्वाचनका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यही वैशाख २७ गते राती १२ बजेदेखि बैशाख ३० गते निर्वाचन सम्पन्न नभएसम्म मदिरा पूर्णरुपमा निषेध गरिएको हो । निर्वाचनलाई स्वाच्छ, स्वतान्त्र, निश्पक्ष, सुरक्षित र […]

सम्बन्धित