वडानंं १८ मा दुईवटा हाईमास्ट जडान गरिदै

२१ असार २०७७, आईतवार १९:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडानम्बर १८ ले दुई ठाउमा हाईमास्ट जडान गर्न सुरु गरेको छ । वडाको विकास बजेटबाट खर्चने गरी कारकाँदो चोक र एसके पेट्रोलपम्प अगाडीको चोकमा दुई वटा हाइमास्ट जडान गर्न थालिएको सो वडाका वडा अध्यक्ष दीपक बर्माले जानकारी दिए ।

उनले दुई स्थानमा जडान गर्न लागिएको हाईमास्टको लागि १६ लाख खर्च हुने भएको बताए । दुबै ठाउँमा हाइमास्ट जडानको लागि आवश्यक प्रकृया आईतबारदेखि शुरु गरेको उनले जानकारी दिए । ‘हाइमास्ट बनेर तयारी अवस्थामा छ । अबको एक महिनाभित्र यी दुबै क्षेत्रमा हाइमास्टको उज्यालो हुने छ’– उनले भने ।


यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले नगरको विभिन्न ९ स्थानमा हाईमास्ट जडान गर्न फाउण्डेसन निर्माण समेत गरि सके पनि सो गत वर्षदेखि नै अलपत्र अवस्थामा छाडिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको लगानीमा विपी चोकमा यसअघि एउटा हाइमास्ट जडान गरिएको छ ।

Next Post

साढे २२ किलो चरेशसहित दुई पक्राउ

२१ असार २०७७, आईतवार १९:४६
सदरलाइनडटकम, बुटवल : प्रहरीले साढे २२ किलो चरेससहित २ जनालाई नियन्त्रणमा लिएर अनुसंनधान सुरु गरेको छ । सोमबार प्रहरीको ५नं प्रदेश व्युरो कार्यालयबाट प्रहरी निरिक्षक प्रमोद क्षेत्रीको कमाण्डमा खटिएको टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई रुपन्देहिको बुटवल उप–महानगरपालिका–१२ तामनगर हरियालि टोलबाट साढे २२ किलो चरेश सहित पक्राउ गरेको […]

ताजा अपडेट