तीनजनाको ज्यान जानेगरी भएको सडक दुर्घटनाका कारचालक थापा कारागार चलान

सदरलाइन संवाददाता २२ बैशाख २०७९, बिहीबार २०:१५
 

नेपालगञ्ज : गत चैतको अन्तिमसाता कारले किचिएर नेपालगञ्जमा एकै परिवारका तीन जनाको मृत्यु भएको घटनाका आरोपीलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

कार चालक नेपालगञ्ज–१० का इन्द्रबहादुर थापालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो । बाँके जिल्ला अदालतमा विहीबार भएको थुनछेक बहसमा जिल्ला अदालतका न्यायाधिश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले थापालाई थुनामा पठाएको हो । तिब्र गतिमा गाडी चलाएर किचेर मारेको र सिसिटिभी फोटेज र प्रमाण समेतको आधारमा अदालतले कार चालक थापालाई थुनामा पठाएको हो ।

मुद्दाको सुनवाईमा पीडित जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यलय बाँकेका जिल्ला न्याधिबक्ता बासुदेव शर्मा, सहन्याधिबक्ता दामोदर गौतम, अधिबक्ताद्धय विश्वजित तिवारी र पुनम श्रेष्ठ प्रतिबादीका तर्फबाट वरिष्ठ अधिबक्ता भोलासिंह हमाल, अधिबक्ताहरु सुनिल श्रेष्ठ, लोकबहादुर शाह, र गणेश थारुले बहस गरेका थिए ।


सवारी तथा यातायात ऐन २०४९ को दफा १६१ (१) अनुसार चरम लापरवाही तारिकाले जानीजानी मारेको भन्दै जन्मकैदको सजाय समेत व्यवस्था रहेको अधिबक्ता बलबहादुर चन्द बताउछन ।

गत चैत २७ गते विपी चोक नजिकै थापाले चलाएको कारले किच्दा सडकमा हिडीरहेका पैदल यात्री किचेर नेपालगञ्जका ६५ वर्षिय समिमा इदिसी, ५ वर्षिय बालक मो कासिम इद्रिसी र ६ वर्षिय मोहम्द अली हलवाईको मृत्यु भएको थियो ।

बहसमा पीडितको तर्फबाट सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी लगायतको समुहले कानूनी सहयोग गरेको छ । संस्थाले गरिब तथा असहाय पीडित र न्याय नपाएकाहरुलाई निशुल्क कानूनी सेवा समेत प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको समृद्वीका लागि शान्ति रोजौ

२२ बैशाख २०७९, बिहीबार २०:१५
 चितवनको माडीको अयोध्यापुरीमा विक्रम संम्वत् २०२६ सालमा सिंहबहादुर कार्की र हरिकला कार्कीकी छोरी शान्ति देवि ढकालको जन्म भयो । तत्कालीन समयमा छोरीहरुलाई विद्यालय पठाउने घटना नगन्य रुपमा थियो । तर शान्तिका बुबा बन विभागमा भएकै कारण उनको परिवारमा पढ्नुपर्छ भन्ने वातावरण थियो र उनले एसएलसीसम्म मात्रै भए पनि पढ्न पाईन् […]

सम्बन्धित