नेपालगञ्ज : पछिल्लो समयमा घोङी सबैको रोजाई बन्दै गएको छ । मिठो र फरक स्वाद हुने भएकाले अहिले सबैको रोजाई बनेको हो । आदिवासी थारु समुदायले प्राचीनकालदेखि खाँदै आएको घोङी अहिले सबैको रुचि बन्दै गएको हो । थारु परिकारमध्ये अहिले घोङी मुख्य ब्राण्डको रुपमा चर्चामा आएको छ ।
यसको चर्चासँगै घोङी खानेहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । आयआर्जनको उपाय र घोङिको ब्राण्डिङ गर्न बाँकेको गाभर सामुदायिक होमस्टेले घोङि खाने प्रतियोगिता गरेको छ । बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा रहेको चोरि सिकार नियन्त्रणका लागि युवा समुहका सदस्यबिच प्रतियोगिता गराइएको थियो ।
प्रतियोगितामा छिटो घोङी खाएर रेणुका चौधरि,समुन्द्र ओली उत्कृष्ट भए । उत्कृष्टलाई सम्मान गरिएको थियो । पहिला थारु समुदायले मात्र खाने घोङी परिकार अहिले अन्य समुदायले पनि उत्तिकै मात्रमा खाने गरेका छन् । यो आयआर्जनको उत्कृष्ट माध्यम बनिरहेको होमस्टे महासंघका महासचिव तथा आयोजक कृष्ण चौधरिले जानकारी दिए ।
पछिल्लो समय थारु होमस्टेदेखि थारु समुदायले सञ्चालन गरेका होटेल, रिर्सोटहरुमा घाङी खान आउनेहरुको संख्या ह्वात्तै बढेको उनी बताउँछन् । त्यसैको ब्रान्डिङका लागि पहिलोपटक घोङी खाने प्रतियोगिता आयोजना गरिएको हो ।