बाँकेमा नयाँ प्रहरी प्रमुख आएसंगै प्रहरी सक्रियता बढ्यो

२८ श्रावण २०७५, सोमबार १९:३९
 

सदरलाइनडटकम  
नेपालगन्ज  : जिल्लामा नयाँ प्रहरी प्रमुख आएसंगै प्रहरी सक्रियता बढेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट निस्केको गस्तीटोलीले भन्सार छली ल्याएका विभिन्न सामान नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।
प्रहरीले प्रेसनोट मार्फत दिएको जानकारी अनुसार भन्सार चोरी पैठारीको विभिन्न समान बरामद गरी अनुसंधान सुरु गरेको हो । कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके नेपालगन्ज– ११ बाट भन्सार चोरी पैठारीको लेडिज कुर्ता सुरुवाल ७० पिस, धोती ४ पिस, कुर्ति १६ पिस, साडी ९ पिस, लेगिच ४ पिस बरामद गरि अनुसन्धान भईरहेको जनाएको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय जमुनाहको प्रहरी टोलीले जिल्ला बाँके नेपालगन्ज–१६ जयसपुर वस्ने आलिमुन निसा र भारत रुपैडिया वस्ने रिजवान मुसलमानले नेपालबाट भन्सार चोरी निकासी गरि भारततर्फ लैजादै गरेको ४० किलो सुपारी सहित फेला पारी आवश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको जनाएको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय जमुनाहको प्रहरी टोलीले नेपालगन्ज–१५ जमुनाहबाट भन्सार चोरी निकासी गर्दै गरेको ७० किलो मरिच फेला पारी बरामद गरि नेपालगन्ज भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ ।
प्रहरीले गत साउन २५ गते नेपालगन्ज–.१६ जयसपुरको नकुल सिंहको अंन्दाजी १० किलोको खसी चोरी गर्नेे नेपालगन्ज–.२० को वर्ष २० को लक्ष्मण गडरियालाई चोरीको खसीसहित आईतबार गते पक्राउ गरि अनुसन्धान भईरहेको जनाएको छ ।
यसैगरी गत साउन २६ गते शनिबारदेखि वेपत्ता रहेका डुडुवा गाउपालिका–५ छग्रहवा वस्ने वर्ष २१ को युगेश गिरी मृत अवस्थामा भेटिएका छन् । शनिबार घरबाट वेपत्ता भएको उनी सोमबार ३ बजे छग्रहवा नालामा मृत अवस्थामा फेला परेको र सो बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Next Post

‘निजी क्षेत्रको सहकार्यमा स्वास्थ्य सेवा प्रभावकारी हुने’

२८ श्रावण २०७५, सोमबार १९:३९
सदरलाइनडटकम नेपालगन्जः स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यलेनै स्वास्थ्य सेवा सहज र प्रभावकारी हुने सम्बद्ध विज्ञहरुले बताएका छन् । जीआईजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाद्धारा आइतवार नेपालगन्जमा आयोजित स्वास्थ्यमा स्थानीय सरकार र नजीक्षेत्रबीचको सहकार्य सम्वन्धी कार्यशाला गोष्ठीमा सहभागीहरुले यस्तो बताएका हुन् । स्वास्थ्यसँग सम्वद्ध सरकारी अधिकारी, जनप्रतिनिधी, निजी संस्थाका प्रमुख, चिकित्सक एवं […]