बाँकेको डुडुवामा एमालेको घरदैलो सशक्त बन्दै

सदरलाइन संवाददाता १९ बैशाख २०७९, सोमबार १७:२०
 

नेपालगञ्ज : डुडुवा गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार सरोज कुमारी यादवको घरदैलो अभियान सशक्त बन्दै गएको छ । सोमवार डुडुवाको वडा नं. ६ मा जनताका समस्याहरु बारे छलफल गर्नुका साथै घरदैलो गरिएको हो ।

अध्यक्षका उम्मेदवार यादव, उपाध्यक्षका उम्मेदवार शकिल खानसहित एमालेका उम्मेदवारहरुलाई बिजयी बनाउन नेता–कार्यकर्ताहरुले समेत छुट्टै घरदैलो अभियानलाई तिब्र पारेका छन् ।


आफू निर्वाचित भएपछि सबैभन्दा पहिला डुडुवाको बाढी र कटान समस्या र शिक्षा तथा कृषिमा विशेष जोड दिने अध्यक्ष उम्मेदवार यादवले बताइन् ।

डुडुवामा एमालेको सरकार आएपछि छात्रा विद्यालयसमेत सञ्चालन गर्ने वडा नं. ६ का वडाध्यक्षका उम्मेदवार मोहनराम मिश्रले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा विरासत जोगाउन कडा परिश्रम गर्दै राप्रपा उम्मेदवार

१९ बैशाख २०७९, सोमबार १७:२०
नेपालगञ्ज :  आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरमा राप्रपाबाट मेयरका उम्मेदवार नन्दलाल बैश्य र उपमेयरका उम्मेदवार विन्दु चर्तिमगर विभिन्न वडामा आफ्नो चुनावी अभियान लिएर घरदौलोमा पुगेका छन । २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरसहित केही वडा जितेको राप्रपालाई आफ्नो विरासत जोगाउन पनि विषेश अभियान सञ्चालन […]