प्रतिस्पर्धात्मक लाभको सहभागितामूलक विश्लेषण बारे कोहलपुरमा छलफल सुरु

१५ फाल्गुन २०७६, बिहीबार ०८:५६
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कोहलपुर क्षेत्रको आर्थिक सम्बृद्धि तथा ब्यापार ब्यवसायको प्रवद्र्धनका लागि स्थानीय सरकारले आप्mनो तर्फबाट सक्दो सहयोग गर्न सधै तयार रहेको बताएका छन् ।

कोहलपुर नगरपालिकाको आयोजना नेपाल सरकार तथा जर्मन सरकारको सहकार्यमा स्थानीयत तथा प्रादेशिक आर्थिक विकास परियोजना अन्तरगत प्रस्पिर्धात्मक लाभको सहभागितामूलक विश्लेषण परिणाम प्रस्तुती कार्यशालाका अवसरमा सो कुरा बताएका हुन ।

नगर प्रमुख रावतले कोहलपुरको विकासको लागि ब्यापार ब्यवसाय, शिक्षा, कृषि र पर्यटनका क्षेत्रको पहिचान गरी त्यी क्षेत्रको प्रभुत्व बढाउनका लागि आवश्यक तथा सवल पक्षमा सरलिकरण र सहजिकरण गर्न तयार रहेको बताए ।

कार्यक्रममा स्थानीय तथा आर्थिक विकास परियोजनाको बारेमा जानकारी दिदै कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै उपप्रमुख सञ्जुकुमारी चौधरीले यस कार्यक्रमले कोहलपुरको मुहार फेर्ने विश्वास व्यक्त गरिन ।


उनले यो कार्यक्रम नगरपालिकाको लागि भन्दा पनि यसक्षेत्रका नागरिकको आयस्तर बढाउनको लागि महत्वपूर्ण भएकोले सबै सहभागिले अत्यन्तै महत्वको साथमा छलफल र अन्तरक्रियामा सहभागि हुन आग्रह समेत गरिन ।

जिआईजेडका तर्फबाट विज्ञ समुहका निशान्त खनालले प्रस्पिर्धात्मक लाभको सहभागितामूलक विश्लेषण विधिको बारेमा प्रस्तुती गरेको कार्यक्रम आगामी फागुन २२ सम्म सञ्चालन गरी कोहलपुर क्षेत्रको आर्थिक विकासमा टेवा दिने प्रमुख चार आधार लाई पहिचान गर्ने छन् ।

यसको उद्धेश्य स्थानीय अर्थतन्त्रलाई जागृत गर्नुको साथै यसमा देखिने जोखिमको सामना गर्न सक्ने क्षमतालाई सशक्त बनाउनु रहेको छ । यो परियोजना प्रदेश ५ का ३ सहित देशका ११ स्थानीय तहमा कार्यान्वयनमा छ ।

कार्यक्रममा नेकपा कोहलपुरका अध्यक्ष बसन्ती अधिकारी, नेपाली काँग्रेस कोहलपुरका सचिव सुशील सापकोटा नगरपालिकाका सबै वडाका जनप्रतिनिधि, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बीरेन्द्रदेव भारती, विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, व्यावसायी लगायतको सहभागिता रहेको थियो ।

Next Post

यौनिक तथा लैङ्गिक अल्पसंङख्यक समुदायका स्वास्थ समस्याबारे छलफल

१५ फाल्गुन २०७६, बिहीबार ०८:५६
सदरलाइन / लक्ष्मी तिमिल्सेना नेपालगञ्ज : यौनिक तथा लैङ्गिक अल्पसंङख्यक समुदायका स्वास्थ समस्या र पत्रकार महिलाका कार्यक्षेत्र हुने समस्याका विषयमा छलफल गरिएको छ । छलफलका क्रममा बोल्दै पश्चिम तारा नेपालका परिना चौधरीले यौनिक तथा लैङ्गिक अल्पसंङख्यक समुदायको स्वास्थ अधिकारका बारेमा अहिलेसम्म कसैको ध्यान जान नसकेको गुनासो गरिन । उनले यौनिक […]