हरेक घरमा एमाले जन्मेको छ, देश एमालेमय बनेको छ : नेता पोखरेल

सदरलाइन संवाददाता १७ बैशाख २०७९, शनिबार १६:००
 

नेपालगन्ज : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कांग्रेस, माओवादी र राप्रपाभित्र पनि एमाले जन्मेको दाबी गरेका छन् ।

स्थानीय तह निर्वाचन लक्षित एमालेका युवा, विद्यार्थी र महिलाको निर्वाचन परिचालन सम्बन्धी संयुक्त भेलालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस, माओवादी, राप्रपा र फोरमको घर भनेर भोट माग्न नछुटाउन आग्रह गरे ।


उनले दाबी गरे, ‘पाँच वर्षको अवधिमा हाम्रो पार्टीले गरेको कामको आधारमा, हाम्रो अध्यक्षले गरेको कामको आधारमा कांग्रेसकै घरभित्र पनि एमाले जन्मिसकेको छ । माओवादीकै घरभित्र पनि एमाले जन्मिसकेको छ । राप्रपाको घरमा पनि एमाले जन्मिसकेको छ । त्यसैले हरेकका घरमा तपाई जान जरुरी छ । कुनै घर नछोड्नु होला ।’

एमालेकै पालादेखि सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेकाले जवानीमा कांग्रेस भएकाहरु पनि उमेर ढल्केपछि एमाले हुने सम्भावना बढेको उनले बताए ।

एमाले केन्द्रीय सदस्य मो.हारुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य सुजिता शाक्य, दीपा शर्मा, एमाले जिल्ला अध्यक्ष किश्मतकुमार कक्षपछि, एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार पशुपति दयाल मिश्र, उप–प्रमुखका उम्मेदवार शान्ति ढकाललगायतले एमालेबाट मात्रै समृद्ध नेपालगन्ज सम्भव हुने जिकिर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जसपाका गाउँ इकाई कमिटिका अध्यक्षसहित ५० जना एमालेमा प्रवेश

१७ बैशाख २०७९, शनिबार १६:००
डुुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेको प्रचार कार्यालय खोलिएको छ । प्रचार कार्यालयको एमालेबाट डुडुवा गाउँपालिकाकी अध्यक्ष उम्मेदवार सरोजकुमारी यादव र उपाध्यक्ष उम्मेदवार शकिल खाँले शनिवार संयुक्तरुपमा रिबन काटेर उद्घाटन गरेका हुन् । एमालेका गाउँ इकाई कमिटि वडा नं. ६ का अध्यक्ष ओरीलाल मुराउको […]