निकुञ्जका कारण हुने क्षति रोक्न लागिपर्छु

सदरलाइन संवाददाता १७ बैशाख २०७९, शनिबार १५:३८
 


नेपालगञ्ज : नेकपा एमालेको तर्फबाट कोहलपुरमा मेयरमा उम्मेदवारी दिएका खिलप्रसाद भुषालले निकुञ्जका कारण हुने क्षतिको पुर्ण भरपाई गराइने बताएका छन् ।

शनिबार कोहलपुर–१३ मा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै उनले बाँके निकुञ्जबाट आएका जनावरले मानवीय तथा भौतिक क्षतीलाई रोक्न आवश्यक कदम चालिने बताएका हुन् ।

‘निकुञ्जले यो वडा घेरिएको छ । यहाँको समस्याबारे म धेरै जानकार छु । निकुञ्जका जनावर र मानवबीच हुने द्धन्द्धलाई कम गर्न काम गर्नेछु’ उनले भने । मेयरका उम्मेदवार भुषालले जनावरका कारण हुने क्षतिको पूरा भरपाई समेत गराउने प्रतिबद्धता स्थानीयमाझ गरेका थिए ।


सोही अवसरमा बोल्दै उनले वडालाई बालमैत्री, अपांगमैत्री, महिलामैत्री वडा बनाउनुका साथै शिक्षामा बैज्ञानिक शिक्षा पद्धती र स्वच्छ खानेपानी घरघरमा पु¥याउने लगाएका प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा मेयरका उम्मेदवार भुषाल, उपमेयर उम्मेदवार अस्मिता थारु, वडाअध्यक्षका उम्मेदवार रुपसिंङ डाँगी लगायतले मत माग्दै घरदैलो समेत गरेका थिए ।

सो अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य ढकाल, प्रदेश कमिटी सदस्य बसन्ती अधिकारी, भारती खनाल, पुजन विश्वकर्मा जिल्ला कमिटी सदस्य खेम शर्मा, कुलबहादुर भट्टराई लगायत जिल्ला नगर र वडा तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति

१७ बैशाख २०७९, शनिबार १५:३८
जाजरकोट : जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति पुर्याएको छ । गएराति चलेको हावाहुरीले भेरी नगरपालिका–३ मा ६ वटा घरमा क्षति पुर्याएको हो । स्थानीय बासिन्दाका घर तथा पालिका चुनावका लागि स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा समेत क्षति पुगेको प्रमुख निर्वाचन अधिकृत यज्ञराज आचार्यले जानकारी दिए । उनका अनुसार […]

सम्बन्धित