मदरसा शिक्षालाई मुल प्रवाहमा ल्याउनु पर्ने माग

३ पुष २०७५, मंगलवार १४:५२
 

सदरलाइनडटकम,
कपिलबस्तु : मुस्लिम समुदायका आगुवाहरुले मदरसा शिक्षालाई मुल प्रवाह शिक्षा प्रणालीमा ल्याउनका लागि माग गरेका छन् । मुस्लिम अगुवाहरुले नेपालमा अल्पसंख्यकको रुपमा रहेको मुस्लिम सामुदायको शिक्षालाई सरकारले हेर्ने दृष्टिकोण फरक रहेको बताएका ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका भिल्मी गाउँमा आयोजित मदरसाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण कार्यक्रममा उनीहरुले मदरसा शिक्षाको लेखापढी नेपालमा लागु गर्न माग गरेका हुन ।
प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश सभा सदस्य अर्जुन केसीले मुस्लिम बालबालिकाले हासिल गरेको शिक्षालाई प्रदेश सरकारबाट मान्यता दिलाउन पहल गर्ने आश्वासन दिए । मुस्लिमहरुको योगदानलाई कदर गर्दै मदरसा शिक्षालाई मुल प्रवहमा ल्याउनका लागि पहल गर्ने प्रतिवद्धता जनाउँदै उनले मदरसा बोर्ड गठन गर्नसमेत सहयोग गर्ने बचन दिए ।

तस्बिर : सदरलाइनडटकम ।

कार्यक्रममा बोल्दै मुस्लिम अगुवा अब्दुल रहमान अकरम पठानले नेपालमा बसोबास गर्ने मुस्लिमहरु आफ्नो हकअधिकारबाट बञ्चित भएको बताए । उनले नेपालमा मदरसा शिक्षा प्राप्त गरेका दक्ष जनशक्तिलाई सरकारले वस्ता नगर्दा उनीहरुको भविष्य अन्धकारमय भएको जिकिर गरे । 


यस्तै समाजसेवी अब्दुल गफ्फारले शिक्षा नीति सुधार गर्नका लागि नेपाल सरकारलाई आग्रह गरे । कार्यक्रममा बोल्ने अधिकाँश वक्ताले मुस्लिमका बालबालिकाले प्राप्त गरेको शिक्षाको मुल्याङ्कन गर्न माग गरेका थिए । कार्यक्रममा भिल्मीस्थित एहयाउसुन्ना मदरसाका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
(कपिलबस्तुबाट अजय मिश्रको सहयोगमा)

Next Post

हिन्दु राष्ट्र आजको आवश्यकता : राप्रपा अध्यक्ष थापा

३ पुष २०७५, मंगलवार १४:५२
सदरलाइनडटकम, नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजतन्त्रसहितको लोकतन्त्र आजको आवश्यकता भएको बताएका छन् । राप्रपा प्रदेश नं. ५ कार्य समितिले मंगलवार नेपालगञ्जमा गरेको प्रशिक्षण तथा सम्मेलनको उद्घाटन गर्दै उनले धर्म परिवर्तन गराउनेहरुलाई राज्यले संरक्षण दिदैँ गएपछि राज्यनै संकटमा पर्ने सम्भवना बढेको बताए । उनले निर्मला […]