‘हिउँदे अधिवेशनले नाम र राजधानी टुंग्याउने’

२६ भाद्र २०७६, बिहीबार १८:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम र राजधानीको टुंगो आगामी हिउँदे अधिवेशनले टुंगाउने बताएका छन् ।
प्रेस सङ्गठन बाँकेले बिहीवार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री केसीले रायसुझाव प्रदेशका १२ वटै जिल्लाबाट संकलन भइसकेको र आगामी ४० वर्षसम्मका लागि अहिलेनै आकलन गरी योजना बनाउन लागिएकोले विलम्ब भएको स्पष्ट पारे । सङ्घीयता कार्यान्वयनसँगै जनताले गाउँमै सिंहदरवारको अनुभूति गर्न थालेको बताउँदै उनले सानो काम लिएर सिंहदरवार धाउने परम्पराको अन्त्य भएको बताए ।
प्रदेश ५ सरकार स्थानीय तहसँग घनिभूत तरिकाले समन्वय गर्दै अगाडि बढेको जानकारी दिँदै मन्त्री केसीले कुन सेवा प्रवाह कुन सरकारले गर्ने नीतिगत व्यवस्थासंगै संविधानले जे भनेको छ, त्यसलाई पूर्णतयः कार्यान्वयन गरि यसले स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारबीच असमझ्दारी र अन्यौलता नहुने कुरामा ठोकुवा गरे । मन्त्री केसीले प्रदेश सरकारले बाँके र बर्दियालाई लक्षित गरी प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने गरी अध्ययन अघि बढाएको जानकारी दिए ।

Next Post

ओयाजनाको डिजाईन गुणस्तर हुनुपर्नेमा जोड

२६ भाद्र २०७६, बिहीबार १८:३९
सदरलाइनडटकम, नेपालगञ्ज : संघीय सरकारका शहरी विकास मन्त्री मो. ईस्तियाक राईले योजनाको डिजाईन गर्दा आगामी ५० वर्षलाई ध्यानमा राखेर ईस्टिमेट डिजाईन गर्न आग्रह गरेका छन् । मन्त्री राईले नेपालगञ्जमा डिप्लोमा ईञ्जिनियर्स एशोसिएशन नेपाल (डिन)को केन्द्रीय सभा तथा क्वालिटी कन्टोल अफ कन्स्ट्रक्शन प्रोजेक्टस, डिजाईन, सुपरभिजन र क्वालिटी कन्टोल अफ अस्फाल्ट कंक्रिट […]