नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा कार्यरत कन्सलटेण्ट फिजिशीयन डा. राजन पाण्डे भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेण्टमा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालमा कार्यरत डा. पाण्डेलाई भरतपुर अस्पतालको मेसुका रुपमा नियुक्त गरेको हो ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार डा पाण्डेलाई मेसुको जिम्मा दिने निर्णय गरेका हुन् । मन्त्रालयको कर्मचारी प्रशासनले मन्त्रीस्तरीय निर्णयअनुसारको पत्र बिहीवार डा. पाण्डेलाई दिएको छ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट रहेको डा. श्रीराम तिवारी कोरोना संक्रमितको उपचारमा खटिँदा आफैं संक्रमित भएका थिए ।
नवनियुक्त मेसु डा. पाण्डे ११ औं तहका प्रमुख कन्सलटेण्ट जनरल फिजिशीयन हुन् । डा. पाण्डे पनि नेपालगञ्जमा सेवारत रहँदा कोरोना संक्रमित भएका थिए । डा. पाण्डे र डा. तिवारी दुवैजना कोरोना संक्रमणमुक्त भइसकेका छन् ।