बाँकेको आठ वटै पालिकाको मेयर र अध्यक्षमा ७३ जनाको उम्मेदवारी

सदरलाइन संवाददाता १३ बैशाख २०७९, मंगलवार १७:१२
 

नेपालगञ्ज : बाँके जिल्लाको आठ वटै पालिकाका लागि मेयर र अध्यक्ष गरी ७३ जनाको उम्मेदवारी परेको छ ।

बाँके जिल्ला निर्वाचन कार्यालयका अनुसार, बाँकेमा २ हजार ३ सय २९ जनाले मनोनयन दर्ता गरएका छन् । मेयर पदमा ३३ जना, उपमेयरमा २० जना, अध्यक्षमा ४० र उपाध्यक्षमा ३६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै वडा अध्यक्षमा ५१२ जना, खुला सदस्यमा ८७२ जना, दलित महिला सदस्यमा ३९२ जना, महलिा सदस्यमा ४२४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


यही बैशाख ३० गते निर्वाचन हुँदैछ । गत आइतबार र सोमबार बाँकेको आठ वटै पालिकाका स्थानिय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपुर्णका साथ र्याली निकालेर उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

बैशाख १४ र १५ गते मनोनयन पत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, बैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामवली प्रकाशन तथा बैशाख १६ गते उम्मेद्वारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज –२० मा एमालेको सम्पर्क कार्यालय उद्घाटन

१३ बैशाख २०७९, मंगलवार १७:१२
नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उप–महानगरपालिका वडा नं २० मा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं २० स्थित मंगलवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । सम्पर्क कार्यालय उद्घाटन एक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपालगन्जका लागि एमालेबाट मेयर पदका उम्मेद्वार […]