बढैयाताल ३ का वडाध्यक्षमाथि बलात्कारको आरोप

सदरलाइन संवाददाता १९ भाद्र २०७९, आईतवार १५:१२
 

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका–३ का वडाअध्यक्ष लल्लन यादवविरुद्ध एक जना महिलाले जबर्जस्ती करणी गरेको भन्दै प्रहरी समक्ष जाहेरी दिइएकी छन् ।

इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक कमल क्षेत्रीले करिब २९ वर्षीया महिलालाई वडाअध्यक्ष अहिरले जबर्जस्ती करणी गरेकोले कारबाहीका लागि जाहेरी दिएको बताए ।


प्रहरी निरीक्षक क्षेत्रीले वडाअध्यक्ष यादव जाहेरी दर्ता हुनासाथ फरार रहेको बताए । उनको मोबाइल स्वीच अफ भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डेंगी फैलिएपछि नेपालगञ्जमा लामखुट्टेका लार्भा नष्ट गरिँदै

१९ भाद्र २०७९, आईतवार १५:१२
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकामा डेंगी ज्वरोका विरामी भेटिएपछि लामखुट्टेका लार्भा र फुलहरु नष्ट गर्न शुरु गरिएको छ । सोमबार विहानदेखि स्वास्थ्यकर्मी, जनप्रतिनिधी, महिला स्वास्थ्य स्वयमसेविका र स्थानीय बासिन्दाहरु डेंगी सार्ने मुख्य माध्यम लामखुट्टेका लार्भा र फुलहरु नष्ट गर्ने अभियानमा निस्केका हुन् । बाँकेमा ११ जनामा डैंगी देखिएपनि लामो समयसम्म बाहिरी […]

सम्बन्धित