किरण नालापुल बनेपछि जनता हर्षित

२२ असार २०७७, सोमबार १५:२२
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिका वडा नं. ४ किरण नालामा बनेको पुल सोमबार उद्घटन गरिएको छ । बेलनिया र खजुरा १ नम्बर जोड्ने किरण नालामा बनेको पुलको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले उद्घाटन गरेका हु्न ।

वर्षौं काठको जीर्ण पुलबाट जोखिम यात्रा गर्दै आइरहेका बेलनियाबासीका लागि यो पुल बरदान बनेको त्यहाँका स्थानीय अगुवाहरुको प्रतिक्रिया छ । पुल बनेपछि स्थानीय हर्षित बनेका छन् ।


गाउँपालिकाको अनुदान १६ लाख र जनश्रमदान ७४ हजार ५ सय ९५ रुपैयाँमा सो पुल निर्माण गरिएको हो । निर्माण गरिएको ट्रस पुलबाट त्यस क्षेत्रका करीब २ हजार ५ सय जनसंख्या लाभान्वित हुने भएका छन् ।

स्थानीय चन्द्रकेशर विकको संयोजकत्वमा ट्रस पुल निर्माण उपभोक्ता समिति निर्माण भई पुलको निर्माण सम्पन्न गरिएको थियो । पुल उद्घाटन कार्यक्रममा खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनार, वडा सदस्य योगमाया खनाल, इन्जिनियर सोनु शाह, सब इन्जिनियर प्रकाश कठायत, उपभोक्ता समितिका सचिव टोपेन्द्र खत्री लगायतको सहभागिता रहेको थियो ।

Next Post

पार्टी एकता कायम राख्न धर्ना

२२ असार २०७७, सोमबार १५:२२
सदरलाइनडटकम, नेपालगञ्ज : पार्टी एकताका लागि दबाब दिने उद्देश्यले सोमवार नेकपा बाँकेका नेता कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना दिएका छन् । बर्तमान सरकारलाई निरन्तरता दिऔं, पार्टी एकता कायम गरौं भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको नगर कमिटीका सचिव दत्तप्रसाद आचार्यले जानकारी दिए । सभालाई सम्बोधन गर्दै नेकपा बाँकेका कार्यालय सदस्य निरक […]