देशभर एक लाख ३६ हजार २६९ को उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

सदरलाइन संवाददाता १३ बैशाख २०७९, मंगलवार १०:३३
 

काठमाडौं :  आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा गरी १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो ।

यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो । स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि निर्वाचन हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

आयोगले आज उम्मेदवारको विरोधमा उजुरी दिन भनेको छ । १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

कुन पदमा कति उम्मेदवार

मेयर : ३ हजार २६१

अध्यक्ष : ३ हजार २५४


उपमेयर : २ हजार ३

उपाध्यक्ष : २ हजार २९२

वडाध्यक्ष  : ३२ हजार ५९

महिला सदस्य  :  २३ हजार ३ सय ७५

दलित महिला सदस्य : २१ हजार ११५

सदस्य :  ४८ हजार ९१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सत्ता गठबन्धन भित्र चुलिएको असन्तुष्ठीका कारण बागी उम्मेदवारी दर्ता

१३ बैशाख २०७९, मंगलवार १०:३३
नेपालगञ्ज : आगामी बैशाख ३०मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन भित्रको चुलिएको असन्तुष्ठी उम्मेदवारी मनोनयनमा छताछुल्ल भएको छ । उम्मेदवार दार्ता गर्ने दिनसम्म सत्ता गठबन्धनमा रहेका वडा अध्यक्षहरु अन्तिम समयमा आएर अर्को पार्टी परिवर्तन गरी उम्मेदवार बनेर झनै रोचक बनेको छ । बाँकेमा गठबन्धनका घटक मध्येका ले नेपालगञ्ज […]