घोराही उप–महानगरपालिकामा गठबन्धनबाट प्रमुखमा हेमराज शर्मा र उपप्रमुखमा भुपबहादुर डाँगी,नेकपा (एमाले)बाट प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमाकुमारी डिसी, राप्रपाबाट नगरप्रमुखमा सरिता देवकोटा, मालेबाट नेत्रप्रकाश पाण्डे र स्वतन्त्रबाट श्रीमणकुमार शर्मा न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।
गठबन्धनमा भएको सहमति अनुसार प्रमुखमा माओवादीबाट शर्मा र उपप्रमुखमा नेपाली कांग्रेसबाट डाँगीले उम्मेदवारी दर्ता गराएका हुन् ।
तुलसीपुरमा गठबन्धनबाट गिरी र एमालेबाट खड्काको उम्मेदवारी
त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट गेहेन्द्र गिरी र उपप्रमुखमा जोगबहादुर रानाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरीले गठबन्धनका तर्फबाट तुलसीपुरको प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् । त्यसैगरी उपप्रमुखमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रानाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेका तर्फबाट तुलसीपुरको प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
लमही नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगीले उम्मेदवारी दर्ता गराएका हुन् । सत्ता गठबन्धनमा सहमति नभएपछि गठबन्धनका दलले एक्लाएक्लै दर्ता गराएका हुन् । लमहीमा नेकपा एमालेबाट नगर प्रमुखमा डण्डीराम चौधरी उपप्रमुखमा सुशीला शर्माले उम्मेदवारी दर्ता गराएक छन् ।
लमहीमा माओवादीकातर्फबाट बसन्त शर्माले र उपप्रमुख गंगा पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
बबई गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खडका, दंगीशरणको अध्यक्षमा शम्भु गिरी उपाध्यक्षमा पिमाकुमारी खडका, राप्तीको अध्यक्षमा जगदम्बाकुमारी चौधरी र उपाध्यक्षमा हरि भुसाल, गढवामा अध्यक्षमा सर्वजित डाँगी र उपाध्यक्षमा शारदा चौधरी, राजपुरमा अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपती यादवले उम्मेद्वारी दर्ता गरेका छन् ।
जिल्लाका दुई गाउँपालिकामा गठबन्धनबाट उम्मेद्वारी परेको छ । शान्तिनगरमा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा केसीले उम्मेदवारी दर्ता गरेका छन् । बंगलाचुली गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रबाट सुवास पुन र उपाध्यक्षमा नेपाली काँग्रेसबाट भक्तबहादुर जिसीले मनोनयन दर्ता गराएका छन् ।
यता नेकपा एमालेको तर्फबाट बबई गाउँपालिकाको अध्यक्षमा भुवनेश्वर पौडेल र उपाध्यक्षमा सावित्रा विश्वकर्माले मनोनयन दर्ता गरेका छन् । शान्तिनगर गाउँपालिकामा विष्णु केसी र उपाध्यक्षमा कमला भण्डारी, दंगीशरण गाउँपालिका अध्यक्षमा एम.एन. शाह र उपाध्यक्षमा बुधनी चौधरी, राप्ती गाउँपालिकामा अध्यक्ष जगत पोख्रेल र उपाध्यक्ष कमलापति चौधरी, गढवा गाउँपालिकामा अध्यक्ष सहजराम अहिर र उपाध्यक्षमा सीता चौधरी, राजपुर गाउँपालिकामा अध्यक्ष कुलराज गिरी र उपाध्यक्षमा सीता यादव र बंगलाचुली गाउँपालिकाको अध्यक्षमा भेषराज खत्री र उपाध्यक्षमा सरस्वता घर्तीमगरले मनोनयन दर्ता गरेका छन् ।
उता गढवामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा यमनारायण शर्मा पोख्रेल र उपाध्यक्षमा एकीकृत समाजवादीकी शान्ति चौधरीले, त्यसैगरी राप्ती गाउँपालिकामा माओवादीबाट प्रकाश विष्ट र जनमोर्चाबाट उपाध्यक्षमा केशव खनालले, राजपुरमा अध्यक्षमा चक्रबहादुर खडका र उपाध्यक्षमा पुष्पा यादव, बबईको अध्यक्षमा भीमबहादुर वली र उपाध्यक्षमा अञ्जु घर्तीले मनोनयन दर्ता गराएका छन् ।
दंगीशरणमा अध्यक्षमा मणिराम चौधरी र उपाध्यक्षमा विनिता चौधरी, शान्तिनगरको अध्यक्षमा मोहन वली र उपाध्यक्षमा राधिका परियारले मनोनयन दर्ता गरेका छन् ।
यसैबीच दाङ जिल्लामा सत्ता गठबन्धनमा सिट बाँडफाँडमा कुरा नमिलेपछि एकीकृत समाजवादी केही पालिकामा एकल उम्मेदवारी दर्ता गराएको छ । एकीकृत समाजवादीका तर्फबाट घोराही उपमहानगरपालिकाको प्रमुखमा रामप्रसाद चौधरी र उपप्रमुखमा सोभा शाहले उम्मेदवारी दिएका छन् ।