कोभिड–१९ को विश्वव्यापी आपतकाल अन्त्य भएको डब्ल्यूएचओको घोषणा

सदरलाइन संवाददाता २३ बैशाख २०८०, शनिबार १३:११
 

नेपालगञ्ज : कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बताएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले जेनेभाबाट भर्चुअल पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् । डब्ल्यूएचओले पहिलो पटक ३० जनवरी, २०२० मा कोभिड–१९ लाई उच्चस्तरको ‘कोभिड सङ्कटकाल’ घोषणा गरेको थियो ।

त्यसयता विश्वव्यापी स्वास्थ्य विशेषज्ञहरूको एक समितिले हरेक तीन महिनामा हुने बैठकहरूमा सावधानीको चेतावनी जारी गर्दै आएको छ ।


कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको समय सन् २०२० को मार्चमा डब्लुएचओले कोभिड–१९ लाई महामारीको रूपमा घोषणा गरेको थियो ।

कोभिड–१९ बाट विश्वभर कम्तीमा ७० लाख मानिसको मृत्यु भएको डब्ल्यूएचओको तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहास्थित एकीकृत जाँच चौकीको निर्माण अन्तिम चरणमा

२३ बैशाख २०८०, शनिबार १३:११
नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकामा निर्माणाधीन एकीकृत जाँच चौकीको काम तीव्र रूपमा अघि बढेको छ । सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका निमित्त प्रमुख विजयकेशर खनालले एकीकृत जाँच चौकीको करिब ८९ प्रतिशत निर्माण कार्य पूरा भएको जानकारी प्राप्त भएको जानकारी दिए । कार्यालय प्रमुख खनालले भने, “नेपाल र भारतको सहमतिअनुसार भारतीय […]