अवैध संरचना हटाउन माग गर्दै कञ्चनपुर बन्द

१५ माघ २०७५, मंगलवार १७:३७
 

सदरलाइनडटकम,
कञ्चनपुर : महेन्द्रनगर नगरविकास समितिको जग्गा लिजविरुद्ध कञ्चनपुरमा ६ राजनीतिक दलका युवा र विद्यार्थी संगठनले मंगलवारदेखि अनिश्चितकालीन आमहडताल घोषणा गरेका छन् ।
आम हडतालका कारण भीमदत्त नगरपालिकाको बजार क्षेत्रमा रहेका सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान सार्वजनिक सवारी साधान र शैक्षिक संस्था बिहानैदेखि सञ्चालन हुन सकेका छैनन् । आमहडतालमा उत्रिएका विद्यार्थी र युवा संगठनका कार्यकर्ताले भीमदत्त नगरपालिकाको म १ ब ३३८ नम्बर मोटरसाइकल, शुक्लाफाँटा नगरपालिकाको से १ प २५९ नम्बरका मोटरसाइकलमा तोडफोड गरेका छन् ।
सत्तारुढ दलका विद्यार्थी संगठनसहित पूर्व एमाले–माओवादी केन्द्र निकट युवा संघ, वाईसियल, अनेरास्ववियु, अखिल क्रान्तिकारी, कांग्रेस निकट नेपाल दरुण दल, नेविसंघ, राष्ट्रिय जनमोर्चा, नेकपा बैद्य,विप्लव निकटका युवा र विद्यार्थीले आमहडतालमा एकवद्धता जनाएका छन् । आन्दोलनमा सहभागी युवा संघका नेता रामचन्द्र रेग्मीले नगरविकासको जग्गा अवैधरुपमा लिजमा दिनेविरुद्ध कारवाही गर्न र सो जग्गामा बनेका अवैध संरचना हटाउन माग गर्दै आमहडतालमा उत्रिएको बताए ।
संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले नगरविकास समितिको जमिन लिजमा लिएर बनेका संरचना भत्काउनका लागि संरचनाको लगत लिने कार्य शुरु गरेको छ । प्रचलित कानुन अनुसार अवैध रुपमा बनेका संरचना भत्काइने समेत इकाईका कर्मचारीले बताए । नगर विकास समितिको गुरुयोजनमा रहेको ६३८ विगाह जमिन रहेको छ ।

Next Post

खजुराको केन्द्र कहाँ राख्ने विषयमा छलफल हुँदै

१५ माघ २०७५, मंगलवार १७:३७
सदरलाइनडटकम, खजुरा (बाँके) :  खजुरा गाउँपालिकाको आज (मंगलवार) देखि चौथो गाउँसभा खजुरा गाउँपालिकामा सुरु भएको छ । गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिकाको केन्द्र निर्धारणको विषय छलफलका लागि सभा समक्ष प्रस्तुत गरे लगत्तै केन्द्र निर्धारणको विषयमा सभासदहरुले आफ्नो धारणा राखे पनि निर्णय भने हुन सकेको छैन । केन्द्रका लागि सभासदहरुले तीन […]