सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु हो : मन्त्री अथक

सदरलाइन संवाददाता १३ भाद्र २०७९, सोमबार १३:४६
 

नेपालगञ्ज : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताएका छन् ।

पछिल्लो गतिविधिबारे सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री अथकले नागरीकलाई सुरक्षाको प्रत्याभुती दिलाउँदै शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेकाले कुनै पनि खालको जोर जबर्जस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने प्रष्ट पारे ।

देशभरका बिभिन्न क्षेत्रमा स्थानिय सरकारको नेतृत्वमा बलजफ्ती रुपमा अस्थायी संरचना हटाउने प्रयास भईरहेको तर्फ ईगित गर्दै मन्त्री अथकले प्राथमिकताको आधारमा अहिले त्यसखालको गतिविधि गर्न नहुने बताए । नागरिकको शान्ती सुरक्षा र उनिहरुको ब्यवस्थापन गर्ने दायित्व सरकारको रहेको उल्लेख गर्दै मन्त्री अथकले सस्तो लोकप्रियताका लागि जनतालाई दुःख दिनु उपयुक्त नहुने बताए ।


देशभर अब्यवस्थित रुपमा रहेका संरचनाको ब्यवस्थापनका लागि सरकारले प्रभावकारी नीति बनाईरहेको बताउँदै मन्त्री अथकले हतारमा कुनै पनि निर्णय गर्न नहुने प्रतिक्रिया समेत दिए ।

उनले वार्ता र सम्वादबाट सबै खालका समस्याहरु समाधान गर्न सकिने भन्दै सबैलाई निर्वाचनमा केन्द्रित हुन समेत आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीजको अघिल्लो दिन सोमवार दर खाईंदै

१३ भाद्र २०७९, सोमबार १३:४६
नेपालगञ्ज : सोमवार हरितालिका तीजको अघिल्लो दिन । सोमवार बेलुका घरघरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले […]