धनगढीमा विद्युतीय रिक्सा चालकहरु आन्दोलनमा

सदरलाइन संवाददाता १५ श्रावण २०७९, आईतवार १५:१६
 

नेपालगञ्ज : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले विद्युतीय रिक्सा चालक अनुमती पत्रको आवेदन पत्रको परीक्षा नखोलेको अवस्थामा ट्राफिक प्रहरीले दैनिक जरिवाना कटाउन थालेको भन्दै उनीहरु आन्दोलित भएका छन् ।

चालकहरुले धनगढी उपमहानगरपालिका कार्यालय परिसरदेखि एलएन चोकसम्म रिक्साहरु लामवद्ध पारेर प्रहरी ज्यादतीविरुद्ध आज देखि एलएन चोकमा प्रदर्शन गरेका छन् ।

यातायात व्यवस्था कार्यालयले अटो रिक्सा चालक अनुमती पत्रको आवेदन नखोल्ने तर लाइसेन्स नभएको भन्दै ट्राफिक प्रहरीले दैनिकजसो पाँच सय रुपैयाँदेखि १५ सय रुपैयाँ जरिवाना तिराउन थालेपछि आन्दोलन गर्न बाध्य भएको धनगढीको बोराडाँडीका अटो रिक्सा चालक देवराज अवस्थीले बताए ।


ट्राफिक प्रहरीले सास्ती दिन थालेपछि अटो चलाएर दैनिक आम्दानी हुने पाँच सय/हजार रुपैयाँ पनि जरिवाना तिर्न ठीक्क हुने गरेको अर्का सवारी चालक राजु तिरुवाले गुनासो गरे ।

धनगढीकै अर्का अटो रिक्सा चालक शेरबहादुर सिंहले लाइसेन्सको फारम भरेपनि परीक्षा नहुँदा हैरानी खेप्नुपरेको सुनाए । पछिल्लो एक हप्तामा दैनिक पाँच सयका दरले ३ हजार ५०० जरिवाना तिरिसकेको उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेयर विष्टले मन्त्री राईलाई बुझाए पाँच बुँदे ध्यानाकर्षण पत्र

१५ श्रावण २०७९, आईतवार १५:१६
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई भेटेर नेपालगञ्जको समस्याबारे ध्यानाकर्षण गराएका छन् । आइतवार काठमाण्डौस्थित मन्त्री निवासमै पुगेर नगर प्रमुख विष्टले नेपालगञ्जको समग्र विकासबारे राईको ध्यानाकर्षण गराएका हुन् । राई पनि नेपालगञ्जबासी नै भएकाले नेपालगञ्जको विकासका लागि सहकार्य गरेर अघि […]