स्याङजामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सदरलाइन संवाददाता ४ बैशाख २०७९, आईतवार १६:३१
 

नेपालगञ्ज : स्याङजामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । डाँडाखर्कबाट वालिङतर्फ आउँदै गरेको ग१ज ७३९९ नम्बरको जिप आज बिहान वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित भित्री सडकमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र थप एकजनाको उपचारको क्रममा मृत्यु भएको स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए ।

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीय हिरा दाला,२५ वर्षीया शर्मिला सारु र नाम नखुलेका उनका ६ महिनाका छोरा छन् ।


यस्तै, ६१ वर्षीया कुल कुमारी कनौजेको पनि मृत्यु भएको छ । घाइतेमध्ये ६ जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इन्जिन फेल भएको जहाज दुर्घटनाबाट जोगियो

४ बैशाख २०७९, आईतवार १६:३१
काठमाण्डौ : समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ। काठमाडौंबाट लुक्ला उडेको समिट एयर जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाण्डौमै फर्काएर सुरक्षित अवतरण गरिएको हो । काठमाण्डौबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो । उडानकै क्रममा जहाजको बायाँ तर्फको इन्जिन फेल भएपछि […]

सम्बन्धित

ताजा अपडेट