सशस्त्र प्रहरीको घेराबाटै दुई राँगा गायव

सदरलाइन संवाददाता २४ मंसिर २०८०, आईतवार १४:२२
 

नेपालगञ्ज : प्रहरीले बरामद गरेर भन्सारमा बुझाएको ४ वटा राँगा मध्य २ वटा राँगा सशस्त्र प्रहरीको पहराकोबीचबाट गायव भएको छ । नेपाल प्रहरीले डुडुवा गाउँपालिका ६ मुन्सिपुर्वाबाट नियन्त्रणमा लिएर नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको चार मध्ये दुई वटा राँगा शनिवार राती सशस्त्र प्रहरी वल भन्सार सुरक्षा कार्यालयको गेटबाट गायव भएको हो ।

भारतबाट अवैधरुपमा भित्र्याएका ४ वटा राँगा बाँके प्रहरीले बरामद गरेर भन्सारमा बुझाएको थियो । प्रहरीले राँगा बरामद गर्दा राँगा तस्करीमा संलग्न भएकाहरु फरार भएको भन्दै राँगालाई भन्सार सुरक्षामा खटिएको सशस्त्र प्रहरीको जिम्मा लगाएको थियो । भन्सार गराउन पठाएको चार मध्ये दुई वटा राँगा भन्सार कार्यालय भित्र रहेको सशस्त्र प्रहरीको कार्यालय गेटबाटै गायव भएका हुन् ।

सशस्त्रको सुरक्षामा रहेको राँगा रातारात गायव भएपछि यसमा सशस्त्र प्रहरीको मिलेमतो रहेको हुन सक्ने आंकलन गरिएको छ ।


गेटमा बाँधिएको राँगा गायव भएपछि अहिले सीसी क्यामेराको फुटेज हेर्ने काम भइरहेको सशस्त्रका एक अधिकारीले बताए । भन्सार छलेर नेपाल भित्राइएका समानहरु यसअघि भन्सारमा बुझाइएपनि सशस्त्रले भन्सार दाखिला नगरि मिलोमतोमा छाड्ने गरेको चर्चा चलिरहेकाबेला सिङ्गो राँगा नै सशस्त्रको पहराभित्रबाट गायव भएपछि भन्सार सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टिम विवादमा तानिएको छ ।

विगत केही सम्यदेखि नै भारतबाट सस्तोमा ल्याएर तस्करले राँगालाई नेपालमा महंगोमा विक्रि गर्दै आएका छन् । सशस्त्र प्रहरीको मिलेमतोमा भित्रिएका ति राँगा झण्डै एक लाख ४० हजार मुल्यको रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा अव एप मार्फत खाजाको व्यवस्था

२४ मंसिर २०८०, आईतवार १४:२२
कोहलपुर (बाँके) : बाँकेको सुन्दर शहर कोहलपुरमा अव एप मार्फत खाजाका परिकारहरु घरमै अडर गरि खान मिल्ने भएको छ । कोहलपुर दश बिगाहको पुर्व गेट नजिक खुलेको मम बार नेष्ट ईनले यो सुबिधा पहिलो पटक कोहलपुरमा ल्याएको हो । २५ प्रकारका ममका परिकार सहित अन्य खाजाका परिकारहरु पाईने मम बार […]